Saturday, August 13, 2016

अष्ट्रेलिया निवासी सञ्चारकर्मी देवकोटा भिक्टोरिया राज्यका लागि पर्यटनदूत नियुक्त

Chirinjibi-devkota-650x487

अष्ट्रेलिया । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि भिक्टोरिया निवासी नेपाली सञ्चारकर्मी चिरञ्जीवी देवकोटालाई आगामी दुई वर्षका लागि अवैतनिक पर्यटनदूत नियुक्त गरेको छ ।
पर्यटन बिकासलाई तिब्रता दिन पर्यटन बोर्डले विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गर्नेक्रममा भिक्टोरिया राज्यका लागि देवकोटालाई नियुक्त गरेको हो ।
मानार्थ पर्यटन दूत नियुक्त भएपछि देवकोटाले क्यानबेरामा रहेको नेपाली दूतावास र अन्य सरकारी निकायसँगको समन्वयमा पर्यटन सम्बन्धी गतिविधि प्रवर्द्धन गर्नका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागी हुने, अष्ट्रेलियामा पर्यटनसँग सम्बन्धित निकायसँग समन्वय गरी नेपालमा पर्यटकको संख्या बृद्धिका लागि योगदान दिने पनि उनले बताए ।
सञ्चारकर्मी देवकोटाले पत्रकारितामा स्नातकोत्तर गरेका छन् । नेपालमा पछिल्लो पटक न्यूज २४ टेलिभिजनको समाचार प्रमुखको रुपमा कार्यरत थिए । टेलिभिजन एडिटर्स गिल्डका महासचिव समेत रहेका देवकोटा हाल अष्ट्रेलियाबाट प्रसारित हुने नेपाली भाषाको टेलिभिजन एमएनटीभीको प्रधान सम्पादक छन् ।
ईमेज च्यानल, नेपाल वन टेलिभिजन, सगरमाथा टेलिभिजनमा समेत गरी एक दशकभन्दा बढी टेलिभिजन पत्रकारिता गरेका देवकोटालाई यसअघि थाईल्याण्डमा आयोजित एक कार्यक्रममा वल्र्ड पिस फाउन्डेशनले वल्र्ड पिस एम्बेसडरको रुपमा सम्मान गरेको थियो ।
देवकोटाले अगाडि भने– ‘नेपाल भगवान गौतम बुद्धको जन्मथलो हो, सर्वोच्च शिखर सगरमाथाको देश हो । पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा नेपालीहरु अष्ट्रेलिया आएका छन् । उनीहरु विभिन्न ठाउँमा काम गर्दछन् । यहाँको स्थानीय समूदायसँग नेपालीको घुलमिलले अष्ट्रेलियनहरुमा नेपालप्रति चासो बढेको छ । अष्ट्रेलियनहरु घुम्न रुचाउँछन् । वर्षेनी पर्यटकका रुपमा विभिन्न देश गइरहन्छन् । नेपालको प्रचार, पर्यटकीय क्षेत्रहरुको जानकारी दिँदै नेपालतर्फ उनीहरुलाई आकर्षित गर्न सकेमा पक्कै पनि यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेछ । यसैतर्फ लाग्ने मेरो प्रयास रहनेछ । विदेशमा रहेका हामी सबै नेपाली नेपालका पर्यटनदूत नै हौं । तर, यो निर्णयबाट थप जिम्मेवारीबोध भएको छ ।’
नेपाल अष्ट्रेलियाबीच सन् १९६० मा दौंत्य सम्बन्ध स्थापित भएको थियो । नेपालमा वर्षेनी २२ हजारभन्दा बढी अष्ट्रेलियन पर्यटकहरु घुम्न आउने गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...