Tuesday, August 16, 2016

राष्ट्रपतिद्वारा काभ्रे र बैतडी दुर्घटनाप्रति दुःख व्यक्त

Bidhya-Bhandariकाठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काभ्रेको बिर्तादेउराली तथा बैतडीको सिद्धेश्वर वृन्दावनमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

ती छुट्टाछुट्टै स्थानमा सोमबार भएको बस दुर्घटनामा परी ३० जनाभन्दा बढीको मृत्यु भएको थियो । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज यहाँ जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उल्लेख छ ।

केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेका सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद् घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...