बुटवल, ३२ साउन । बुटवलमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १२ स्थित प्रहरी तालिम केन्द्र पछाडिको हाइटेन्सन विद्युत् लाइनको तार चँुडिएर लाग्दा सडकमा खेल्दै गरेका दुई दाजुभाइ १० वर्षीय रोहित र छ वर्षीय रोहन क्षत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
पूर्वपश्चिम विद्युतीय प्रसारण लाइनको तीन हजार केभिए उच्च प्रभावको तार एक्कासि चुँडिएर तिनलाई लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तार पुरानो भएकाले चँुडिएको हुन सक्ने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।
No comments:
Post a Comment