Thursday, August 18, 2016

राष्ट्रपतिलाई ‘राखी’

bidhya-devi-bhandari

काठमाण्डौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज राखी बाँध्नुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौँका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिनुभएको हो ।

यसैगरी पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षावन्धन गर्नुभएको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...