Sunday, August 21, 2016

रक्तदान कार्यक्रम सम्पन्न

blood (3)

अगष्ट २०,२०१६
कोलोराडो, अमेरीका
कोलोराडोबाट सञ्चालित अनलाईन खवर पत्रीका बिआरटी नेपाल डटकम स्थापनाको पाचौं बार्षिक उत्सव पारेर आयोजनामा गरिएको रक्तदान कार्यक्रम शनीवार सम्पन्न भयो ।

bloodबोल्डर स्थित रक्तसंचार केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रममा १० जना नेपाली रक्तदान गरेका थिए । रक्त दान गर्न ईच्छुक १५ जना भन्दा बढि भएपनि विभिन्न कारणले गर्दा १० जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए । अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ ।

DSC_0405रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका पुर्व अध्यक्ष नारायण श्रेष्ठ, आयोजक संस्थाका बिआरटी नेपाल डटकम अध्यक्ष शैलेश पोख्रेल, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महत, राजु सिटौला, नातिबाबु भट्ट, मोहनराज मिश्र, मणी बस्नेत, टिका पौड्याल, अनिल केशी रहेका छन् ।

blood (2)

आयोजक संस्थाका अध्यक्ष शैलेश पोख्रेलले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस पटक समेत अमेरीकामा दशौं पटक रक्तदान गरेका थिए । आठ पटक सम्म रक्तदान गर्दा १ ग्यालेन हुने हुदा आजैं उनलाई १ ग्यालेन पीन समेत प्रदान गरिएको थियो । त्यस्तै आज रक्तदान गर्नेहरु मद्ये अनिल केशीको अमेरिकामा पहिलो पटक भएको बताएका थिए ।
कोलोराडोमा बिआरटी नेपाल डटकमको छुट्टै रक्त संकलन खाता भएको र यसरी दान गरेको रगत सोही खातामा जम्मा हुने बताईन्छ । कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताउछन् । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुन्छ । कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।
रक्त संचार केन्द्रमा ५ सय ६३ पटक ७० ग्यालेन शरिरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निबासी भर्जिल ओलसनको फोटो सझाएर राखिएको छ । सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भएपनि प्लेटलेट चाही हरेक दुई हप्तामा दिन मिल्ने रक्त संचार केन्द्रका कर्मचारीहरु बताउंछन् । बयोबृद्ध ८३ बषिय भर्जिल ओलसन अहिले सम्म आफैं रक्त संचार केन्द्रमा आई रक्तदान गर्ने गरेका छन् । उनले १८ बर्षको उमेर देखि प्लेटलेट दान गर्न सुरु गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...