Sunday, August 21, 2016

नेपाली लघुकथाको यूट्यूब च्यानलको शुभारम्भ

लघुकथा समाज नेपालको आठौं वार्षिकोत्सवको अवसरमा नेपाली लघुकथाको यूट्यूब च्यानलको शुभारम्भ गरिएको छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली लघुकथालाई श्रब्य दृष्यको माध्यमले संसारभर श्रोता तथा दर्शकका माझ पुर्याउन पाउँदा खुशी लागेको बताउँदै अहिलेको ब्यस्त समयमा छोटा लघुकथाको लोकप्रियता बढिरहेको अवस्थामा यूट्यूबमा यसको सहजै उपलब्धताले लघुकथाको दायरा अझ फराकिलो हुने बताए ।
लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईंले यूट्यूब च्यानलमा अग्रजदेखि नयाँ पुस्ताका सबै कथाकारलाई समेटिने जनाएका छन् । स्रष्टाको आवाज र सिर्जनालाई सुरक्षित राख्न निकट भविष्यमा प्रतिनिधि लघुकथाको श्रब्यदृष्य सीडीको उत्पादन गरिने योजना रहेको उनले बताए ।
क्यानडा, बेलायत र नेपालबाट नियमित अपलोड हुने  उक्त च्यानलको शुभारम्भले नेपाली लघुकथाको विकाशमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । नेपाली लघुकथा यूट्युबको  लिंक http://www.youtube.com/channel/UCjqGgbSqif3XY4Mcb1VfpLw मा हेर्न सकिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...