Sunday, August 21, 2016

हिंसामा परेका महिलाको सहयोगार्थ सप्तरंगी स्पा एण्ड थेराइपीले ‘सप्तरङ्गी तीज विषेश कार्यक्रम’ सम्पन्न

teej 7काठमाडौँ । हिंसामा परेका महिलाको सहयोगार्थ सप्तरंगी स्पा एण्ड थेराइपीले ‘सप्तरङ्गी तीज विषेश कार्यक्रम’ गरेको छ । विभिन्न सांगीतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा प्रथम मिस नेपाल रुवि राणा, महिला उद्यमी अस्मिता सुमार्गी, पत्रकार गीता अधिकारी र जानुका ढकाल तथा व्यूटिसियन रस्मीला श्रेष्ठ रहेका छन् ।

प्रमुख अतिथि पुर्वसचिव तथा लोकसेवा आयोगको आयुक्त बृन्दा हाडा, विषेश अतिथि समाजसेवी महिला उद्यमी अस्मिता सुमार्गी, सुपस्टार भुवन केसी, रुपा राना, दिपाश्री निरौला, सारीका घिमिरे, संचारकर्मी सुर्य चन्द लगायतका कलाकारहरुको उपस्थिति थियो ।

teej 6आयोजक सप्तरङ्गी स्पा एण्ड थेराइपिकी मेनेजिङ डाइरेक्टर कमला उप्रेतिले सम्पूर्ण महिला सक्षम भएपनि सक्षमतालाई नबुझेर पछाडि परेको बताइन । उनले सबै महिला एकताबद्ध भई आफ्नो क्षमता देखाउँदै अगाडी बढ्नु राम्रो भएको बताइन् ।

कार्यक्रममा गायिका सहिमा श्रेष्ठले सबै लाइ नचाएकी थिइन् त्यसै गरि ज्योति मगरले पनि स्टेज तताइन् । तिज बिशेष कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन तथा संयोजक उद्घोषिका तथा संयोजिका रुषा केसीले गरेकी थिइन् । उनलाई साथ दिनेमा कमल सिटौला र चम्पा नेपाल थिइन् ।

tij 1 tej 5 teej 4 teej 2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...