Sunday, August 21, 2016

नेपालीे घरद्धारा ७ जनालाई छात्रवृत्ति दिने निर्णय

nepali ghar

अगष्ट २१, २०१६
कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्ष प्राष्त निवेदनहरु मद्मे ७ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको छ ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको सनिबार सम्पन्न बैठकले प्राप्त निवेदनहरु मद्मे यस बर्ष उत्कृष्ट ७ जनालाई छात्रबृति दिने निर्यण गरेको हो । यसरी पुरस्कृत हुनेहरुमा आबृती श्रेष्ठ, कुशलता सुवेदी, निकीता बराल, रजत श्रेष्ठ, रक्षा श्रेष्ठ , राशिब बस्नेत, सलिना राना रहेका छन् । यस सात मद्येबाट सर्बोकृष्ट २ जनाको नाम भने कार्यक्रम स्थलमानै घोषणा गरिने छ । बैठकले आगामी सेक्टेम्बर १० तारिक सनिबारका दिन याक एण्ड यति रेष्टुरेन्ट डेनभर एक बिशेष कार्यक्रमको बिच छात्रबृती बितरण गर्ने निर्णय गरेको छ ।

समितीले निवेदकहरुलाई विषेष प्रावधान तोकेर निवेदन आवा≈न गरेको थियो । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, समुदायमा सामाजिक कृयाकलापमा भागलिएको प्रमाणित कागज पेस गर्नु पर्ने, फुल टाईम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जस्ता प्रवधानहरु रहेका थिए । । यसको साथै समितीले निवेदकहरुलाई ८ सय सब्द सम्मको निवन्द लेखि समावेस गर्नु पर्ने सर्त राखेको थियो ।
नेपाली घरले अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्ता कार्यक्रम ल्याईएको बताईएको छ । यहा“ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन संस्थाले यस्ता कार्यक्रमहरु अगाडी सारेको बताईन्छ ।

नेपाली घरले प्रोग्राम अफिसर प्रमोद श्रेष्ठको संयोजनमा छात्रबृती छनौट समिती गठन गरेको थियो । समितीको बैठकले छात्रबृतिकोलागी अन्य श्रँेतबाट रकम संकलन गरिएको सामुदायिक भवन निर्माण गर्न संकलन गरिएको रकम खर्च नगरिने पनि जनाएको छ ।

नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रिती स्थिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आºनो संस्कृित संरक्षणको लागी बेला बेलामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...