Sunday, August 7, 2016

आगलागीबाट रु पाँच लाखको क्षति

जुम्ला, २४ साउन । सदरमुकाम जुम्ला खलङ्गाबाट ६ घन्टाको दूरीमा रहेको पातारासी गाविसको एक स्थानीयको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख क्षति भएको छ ।

पातारासी–५ छिपछिपे भन्ने ठाउँमा अवस्थित अम्मर बूढाको घरमा गएराति विद्युत् सर्ट हुँदा चार्जमा राखिएको मोबाइल पट्केको र त्यसबाट घरमा आगलागी भएको डिल्लीचौर प्रहरी चौकीले बताएको छ । प्रहरीका अनुसार गाउँभन्दा घर टाढा रहेको र रातिको समय भएकाले आगलागीबाट पूर्णरुपले क्षति भएको हो । हामी राति सुतेका थियौँ, एक्कासि धुवाँको मुस्लो र आगो लप्कासँगै आयो । हतपत बच्चाबच्चीलाई समातेर बाहिर राख्यौँ र हामी पनि बाहिर आएर ज्यान जोगायौँ, पीडित बूढाले भने । राति १२ः४५ बजेको समय भएकाले सबै सुतिसकेको र गुहार माग्दा कसैले नसुनेको उनले बताए । आगलागीबाट बूढा परिवारको घरसहित अन्न भाँडावर्तन लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति कुनै नभएको तर एक दर्जन खरायो, डेढ दर्जन कुखुरा, नौ वटा पशुचौपायाको क्षति भएको पीडित परिवारले बताएको छ । आगलागीबाट उक्त घरको रु पाँच लाख ७१ हजार ९०० क्षति भएको प्रहरीले जनाएको छ । अहिले बूढाको परिवार अर्काको घरमा बस्न बाध्य भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...