Sunday, August 7, 2016

बसपार्कमा पार्किङ गरिएका तीन बसमा आगजनी

agoफलेवास (पर्वत), २४ साउन । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ ।

बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

उक्त आगलागी बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले लगाएको भन्ने अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...