Saturday, August 6, 2016

सामुदायिक रेडियोको सफल व्यवस्थापनबारे तालिम

काठमाडौँ, २३ साउन । सामुदायिक रेडियोको दिगो विकास र सफल व्यवस्थापन गर्ने उद्देश्यले आयोजित रेडियोसम्बन्धी दुईदिने तालिम आजदेखि यहाँ सुरू भएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ र बिबिसी एक्सन मिडियाले संयुक्त रूपमा आयोजना गरेको सो तालिममा मुलुकभरिको प्रतिनिधित्व हुने गरी २५ वटा रेडियोबाट सहभागिता छ ।

तालिम अवधिभर बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र तथा मिडियाविज्ञद्वय राजकुमार भट्टराई र मधु आचार्यले प्रशिक्षण दिनुहुनेछ ।
तालिमको उद्घाटन सत्रमा सङ्घका अध्यक्ष मोहन चापागाइँले सामुदायिक रेडियो सुरू भएको १९ वर्षपछि राज्यले पहिलो पटक नीतिगत मान्यता दिनाले सामुदायिक रेडियोलाई थप जिम्मेवार बनाएको छ भन्नुभयो ।

राष्ट्रिय आमसञ्चार नीति– २०७३ ले सामुदायिक रेडियोलाई नीतिगत रुपमा मान्यता दिएको हो । हाल देशभर सूचना तथा सञ्चार मन्त्रालयबाट सामुदायिक रेडियोको अनुमतिप्राप्त करिब ४०० रेडियो छन् । तीमध्ये ३०० वटा सञ्चालनमा रहेको बताइन्छ ।

नेपालको प्रसारण इतिहासमै २००७ मा ‘रेडियो नेपाल’ को स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा ‘रेडियो सगरमाथा’ले २०५४ मा सञ्चालनको अनुमति पाएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...