Friday, August 12, 2016

अमेरीकाको नागरीकताको निवेदन शरणार्थीबाट ग्रिनकार्ड पाऊनेले एकबर्ष अगाडी नै दिन पाऊछन।

अमेरीकाको नागरिकता पाऊनका लागि बिदेशीले अमेरीकाको ग्रिनकार्ड पाएको हुनु पर्दछ। अमेरीकामा ग्रिनकार्ड विदेशीहरुले विभिन्न तरिकाबाट प्राप्त गर्दछन। त्यसमध्ये अमेरीकी नागरिक संग विवाह गरी ग्रिनकार्ड पाएका व्यक्तिले ग्रिनकार्ड पाएको ३ बर्ष भित्र, अन्य पारिवारिक नाताको कारणबाट, र कामदारको हैसियतले ग्रिनकार्ड पाऊने विदेशीहरुले ग्रिनकार्ड पाएको मितिले ५ बर्षमा अमेरीकी नागरिकता पाऊनका लागि अमेरीकी अद्यागमन विभाग समक्ष निवेदन दिन सक्छन। तर रिफुजी र शरणाथीैको हैसियतले ग्रिनकार्ड पाएका विदेशीले भने ग्रिनकार्ड पाएको मितिले ४ बर्षमा नागरिकता पाऊनका लागि निवेदन दिन सक्दछन। नागरिक्ताको निवेदन भने तोकिएको समय भन्दा ९० दिन अगाडीनै अद्यागमन विभाग समक्ष पठाऊन सकिन्छ।

विवाह, पारिवारिक नाता, र कामदारको हैसियतबाट ग्रिनकार्ड पाएका विदेशीे अमेरीकाको नागरिकता पाऊनका लागि १८ बर्षको उमेर पुगेको हुनु पर्दछ। ग्रिनकार्ड पाएको मितिबाट ३ बर्ष र ५ बर्षको समय गणना गरिन्छ। तर रिफुजी (अमेरीका प्रवेश गर्दा नै शरणार्थीको दर्जा पाएका), एजाईली (अमेरीका आएर शरणार्थीको दर्जा पाएका), र अन्य केही खास प्रकारको सुविधा पाई अमेरीका प्रवेश गरेका विदेशीहरुको ग्रिनकार्डको समयावधि गणना भने ग्रिनकार्ड पाएको एकवर्ष अगाडी देखि हुने गर्दछ। यसरी गणना गरिने समय अद्यागमनका अधिकृतले नै ग्रिनकार्डको निवेदन स्वीकृत गर्दा ऊल्लेख गर्दछन। तर कहिलेकाही अधिकृतहरुले ग्रिनकार्डमा लेखेका हुदैनन। यसरी १ बर्ष अगाडी देखि नै ग्रिनकार्डको समयावधि नजोडिएको अवस्थामा ५ बर्षको अवधि कुन मितिबाट गणना गर्ने भन्ने विषयमा स्पष्ट जानकारी नहुदा अन्यौलता महसुस गरिएको थियो। यही अन्यौलतालाई ध्यानमा राखेर होला २७ जुलाई २०१६ का दिन अमेरीकी अद्यागमन विभागले निवेदक, निर्णयकर्ता, कानुन व्यवसायी, र सर्बसाधारणको जानकारीका लागि एऊटा सुचना जारि गरेको छ। उक्त सुचनामा स्पष्ट रुपबाट ग्रिनकार्ड पाऊनका लागि रिफुजी र एजाईलीले १ बर्ष कुर्नु परेको समयलाई ग्रिनकार्डमा जोडिने भनिएको छ। जस्ले गर्दा रिफुजी र एजाइलमका आधारमा ग्रिनकार्ड पाऊने विदेशीहरुले अमेरीकाको नागरिकता पाऊनका लागि ग्रिनकार्डको निवेदन स्वीकृत भएको मितिले ४ बर्षमा नै अमेरीकी अद्यागमन विभाग समक्ष निवेदन दिन सक्दछन। जनकारीको लागि यहा क्लिक गर्नुहोला। जततउकस्ररधधध।गकअष्क।नयखरउयष्अिथmबलगबरिग्उमबतभकरद्दण्ज्ञटण्ठद्दठ(भाभअतष्खभीएच्म्बतभ।उमा

माथि ऊल्लेख भएका आधारमा अमेरीकाको ग्रिनकार्ड पाएका विदेशीले अमेरीकी नागरिकता पाऊनका लागि तोकिएको अवधिभर असल चरित्र भएको। कुनै पनि अपराध नगरेको। आधा भन्दा बढी समय अमेरीकामा नियमित रुपबाट बसोबास गरेको हुनु पर्दछ। अर्थात ५ बर्षको हकमा ३० महिना र ३ बर्षको हकमा १८ महिना अमेरीकामा बसेको हुनु पर्दछ। सामान्यतया ६ महिनासम्म अमेरीका बाहिर बसेको अवस्थामा नियमित रुपबाट अमेरीकामा बसोबास गरेको मानिन्छ। तर ६ महिना भन्दा बढी समयसम्म अमेरीका बाहिर बसेको अवस्थामा भने नागरिकताको लागि समस्या उब्जाऊछ। यस्तो अवस्थामा व्यक्तिले अमेरीकामा नियमित रुपबाट बसोबास गरिरहेको तथ्य प्रमाणित गर्नका लागि बसोबास, काम, बैंक खाता लगायतका कागजातहरु पेश गर्नुपर्ने हुन्छ। अत अमेरीकाको नागरिकता लिन चाहाने व्यक्तिले सामान्यतया ६ महिना भन्दा बढी विदेशमा नबस्नु राम्रो हुन्छ।

ंं बिनोद रोका, एर्टनी एट ल, लामो समय देखि कानुन व्यवसायमा संलग्न हुनुहुृन्छ। रोकाको ल अफिस न्युर्योक शहरको ऊडसाईड क्वीन्समा रहेको छ। प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो सल्लाहको लागि होईन। तपाईको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नृ होला। अरु जानकारीका लागि www.binodlaw.com।अयm मा क्लिक गर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...