Friday, August 12, 2016

तीज पर्व महत्व र बिकृती ।

12193830_880736192021598_8855472884115023343_n

पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा , खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसंग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा)बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती ) ले कठोर तपस्या गरिन र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याईदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको पाईन्छ ।सखीहरू (आलीका)बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ ।

तीज पर्व नेपालमा मात्र नभएर भारत वर्षका बिभिन्न स्थानहरूमा मनाईन्छ ।यस पर्बलाई हरियाली तीज, काजरी तीज,केभाडा तीज,अखा तीज,काजल तीज,तीजरी तीज आदि आदि नामबाट मनाईन्छ । कतै कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ।तर समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ। हरितालिका तीज नेपाल लगायत भारतका बिभिन्न स्थानहरूमा धुमधाम संग मनाउने गरिन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतिय समूदायले तीज पर्व मनाएको पाईन्छ । खासगरि नेपाली समूदायले बिदेशमा विशेष पर्वको रूपमा मनाउंदै आएको देखिन्छ । अर्को शब्दमा भन्नु पर्दा यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित भई राखेको देखिन्छ ।

तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ।त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन्।सामाजिक सद्भाव,मेलमिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्ष देखि यो चाड मनाईदै आएको छ।स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यबहारीक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह / शान्ति पूर्ण आन्दोलन ) गरेर आफु अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ।हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ।

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ।श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने।शिव पार्वतीको आरधना एवं पूजा गर्ने।शिव पार्वती का मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ।यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ।हाम्रो वैदिक षड-दर्शनले स्त्रीलाई प्रकृती मानेको छ।यसर्थ तीजको सम्बन्ध प्रकृती तत्व (जड तत्व ) संग छ।एक प्रकारले प्रकृतीको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ।तात्विक रूपमा प्रकृती र पुरूष (आत्मा ) तत्वको मिलनको चाड हो।प्रकृती आत्मा र परमात्मा को संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका /मानेका छन् । समस्त जड तत्वको समुचित उपयोग, उपदेयता , ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाईन्छ । यसर्थ यो पर्ब तात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण छ।

समय परिबर्तनशील र गतीशील छ।समयको परिबर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । समयको गती संगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिंदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् । तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुंदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ पनि।हिजो माईती घर,ब्रत,पूजा, पंधेरो,चौंतारो अनि मन्दिर हरूमा सिमीत हुने पर्व आज शहर,बजार,बस्ती,ब्यवसाय,बिद्युतीय सञ्चार माध्यमहरू,सामाजिक सञ्जालहरू लगायत हुंदै ब्यापकता लिएको छ।हिंजो डम्फू,मादल,थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यि सकारात्मक पक्ष हुन।

तर बिगत केही वर्षहरू देखि आधुनिकताको नाममा ,परिबर्तनको बाहानामा अनि सस्तो लोकप्रीयता ,सजिलो आय आर्जनको लोभमा , तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ।पोईल जान पाम —-डिस्कोमा तीज —- छोटो लुगा— आदि आदि हुदै अगाडी बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ ——देखियो जामा फाटेर —-सम्मको उचाई छुईराखेको छ।थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छृंखल र छाडा गीत,संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रीयता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परा लाई पटक्कै फाईदा पुग्ने छैन।जीवन्त समाज र बैभवशाली सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलापहरू रोक्न सरकारी निकाय,संस्कृति प

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...