सिङ्गापुर । अध्यात्मिक गुरु तथा योग शिक्ष्या प्रवर्तक भीमसेन सापकोटा(आचार्य राजन ) को प्रमुख आतिथ्यमा सिङ्गापुरमा ‘जीवन जिउने कला तथा योग शिक्षा ‘प्रवचन कार्यक्रम आयोजना भएको छ ।सिङ्गापुरको १७५ अल्वर्ट स्ट्रीटमा सो कार्यक्रम आयोजना हुने सिङ्गापुर नेपाली समुदायले जनाएको छ ।
कार्यक्रम आयोजक तथा संस्थाका प्रतिनिधि सुदिप बानियांका अनुसार सो अवसरमा ‘जीवन जिउने सरल कला बारेमा योग ,ध्यान र प्रवचन कार्यक्रम हुने छ ।
सो कार्यक्रमबाट लाभ उठाउन सुदिप बानियां लाई90620121 मा ,लाल बहादुर आले लाई 90252917 मा र राजु शर्मा लाई 90172233 मा संपर्क गर्न सकिने छ। कार्यक्रममा कुण्डलिनी ध्यान , भावातित ध्यान ,तनाव व्यवस्थापन का योग आसन गरिने तथा कार्यक्रममा खाजा-नास्ताको समेत ब्यवस्था गरिएको छ ।
समितिले सहभागिताको लागि सम्पूर्ण सिङापूर बासिलाई अनुरोध गरेको छ । यस कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।नेपाली भाषामा सन्चालन हुने कार्यक्रम देहाय बमोजिमको स्थानमा हुनेछ ।
Event Venue:
Address: 175 Albert Street, #01-02 Parc Sovereign Hotel, Singapore 189970
Time: 2:00 PM – 5:00 PM
Date: Sunday, 28th Aug 2016
यस पश्चात दोस्रो दिन सोमबार 7 Shenton Way, Singapore 068810मा विभिन्न देशका बहुरास्ट्रिय समुदाय विच International motivational Seminar हुने ब्यवस्थापन समितिलेले जनाएको छ । यस कार्यक्रममा प्रवेश प्रति ब्यक्ति ५० डलर रहेको छ । यस सेमिनारमा आचार्यले जीवन उत्प्रेरणा सम्बन्धी प्रबचन गर्नुहुने जनाईएको छ ।
No comments:
Post a Comment