Saturday, August 27, 2016

नवौ एनआरएनए क्षेत्रीय सम्मेलन संसारका अभियन्ता माँझ न्युजर्सिमा शुरू ।

IMG_9578

गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदले हरेक दुई वर्षमा गर्ने क्षेत्रीय सम्मेलन यस वर्ष अमेरिकाको न्युजर्सिमा शुरू भईरहेको छ । एनआरएनएको नवौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यु जर्सीमा पैतिस देशका डेलिगेटसहरूको उपस्थित माँझ भईरहेकोछ । एनआरएनको इतिहासमा आजको उपस्थित सबै भन्दा बढ़ी रहेको मानिएको छ । कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले प्रमुख अतिथि रहेका छन् । कार्यक्रम अगस्ट २७ र २८ दुई दिन चल्नेछ ।

विहान ७ वजे देखि ८ वजे सम्म ललित शंकर योगीद्वारा योगा वाट शुरु भएको थियो । आजको कार्यक्रमको स्वागत मन्तव्य एनआरएनका अध्यक्ष डा केशव पौडेलले दिनुभएको थियो ।
होष्ट कन्ट्रिको हैसियतले एनआरएन अमेरिकाका सम्पूर्ण सदस्य महानुभाव, शुभ चिन्तक, पत्रकार,डाक्टर,ईन्जीनियर,प्रोफ़ेसर ,राजनीतिज्ञ,समाज सुधारक, संघ,संस्था तथा विभिन्न तह र तप्का तगायत संसारका गैह्र आवासिय नेपालीहरुको कार्यक्रममा वाक्लो उपस्थित रहेको छ । एनआरएनको नवौ क्षेत्रीय संमेलनमा तीनवटा वीलिनियर एनआरएनका अध्यक्ष शेष घले, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र विनोद चौधरी लगायत धेरै व्यापारी तथा पूर्व सभामुख सुवास नेवांग समेतको उपस्थितिले कार्यक्रमलाई थप उर्जा दिएको छ ।

रिएको मूल नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डले आधुनिक युवाहरू प्रतिका नया धारणा तथा संयुक्त लगानी र एनआरएनले नया सोचका साथ अगाडि वढन सबै पक्षहरुलाई सम्वोधन गर्ने छ । हेरौ एनआरएन भिजन २०२० एण्ड वियोण्डले कस्तो वाटो तय गर्ने छ त्यो त हेर्न वाँकी नै छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...