Monday, August 8, 2016

राजनीतिबाट विरक्त, धर्मबाट शान्ति

पशुपतिनाथ दर्शन 10

देवर्षि । काठमाडौं, साउन २४ । साउनको चौंथो सोमवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरूको लाखौंको सँख्यामा घुँइचो लागेको छ । अघिल्लो दिन मध्यरातदेखि नै मान्छेहरूको घुँइचो लागेको दर्शनको व्यवस्था मिलाउने काममा खटिरहेका सुरक्षाकर्मीको भनाई छ । जलाभिषेक गर्ने बोलबमका तीर्थयात्रीको ठूलो सँख्या देख्न सकिन्छ भने आमसर्वसाधारणहरू पनि त्यतिकै सँख्यामा बडो श्रद्धापूर्वक लामो लाइनमा बसेर दर्शन गरेको बताउँछन् । पश्चिममा गौशालादेखि उत्तरमा गौरीघाटदेखि लामो लाइनको ताँती देखिन्छ ।

पशुपतिनाथ दर्शन 5
पशुपतिनाथको अलवा देशका विभिन्न स्थानहरूमा रहेका शिव मन्दिर एवं तीर्थस्थलहरूमा भक्तजनहरूको भीड लागेको समाचारहरू प्राप्त भइरहेका छन् । चितवन तनहूँ र नवलपरासीको संगम देवघाट, त्रिवेणीधाम चितवन–नवलपरासी, गुल्मी स्याङ्जा र पर्वतको संगम शालिग्राम सेतीवेणी, पाल्पा र स्याङ्जाको दोभान राम्दी, स्याङ्जाकै महालिङ्गधाम मालुङ्गा, पूर्वको हलेसी महादेव, पश्चिममा वैद्यनाथ, स्वर्गद्वारी, चितवनको भउनपा बाह्र स्थित कल्पनेश्वर महादेव, नवलपरासीको बाबा बर्दगोरीया, बुट्वलको सिद्धबाबास्थान, गुल्मीको रूरू रीडी लगायतका तीर्थस्थल एवं मन्दिरहरूमा ठूलो सँख्यामा भक्तजनहरूको चाप बढेको समाचार प्राप्त भएको छ । सोमवार मात्रै नभएर साउनमा अन्यवार पनि पशुपतिनाथलगायत देश विदेशका शिव मन्दिर एवं तीर्थस्थलहरूमा दर्शनार्थीको चाप बढ्न थालेको छ । धार्मिक पर्यटन एवं क्षेत्रको लागि यो सुखद उपलब्धि पनि हो ।

पशुपतिनाथ दर्शन 6

पशुपतिनाथको दर्शनभर्नको लागि देश विदेशबाट आएका तीर्थयात्रीहरूको अनुहारमा थकाइभन्दा पनि गौरव देख्न सकिन्छ । बोलबमको मन्त्रलाई उमङ्ग एवं आनन्द र सुखपूर्वक उच्चारण गरिरहेका धेरै दर्शनार्थीहरू खाली खुट्टामा देखिन्छन् । यो गर्मीमा बालकदेखि बृद्धसम्म अवस्थाका गेरुवा रङ्गको कपडा पर्हिएका, पशुपतिलाई जलाभिषेक गर्न जलको भाँडा बोकेका र खाली खुट्टामा रहेका यस्ता भक्तहरूको उपस्थिति आनन्ददायक एवं गहिरो आस्था र श्रद्धापूर्ण देखिन्छ ।

पशुपतिनाथ दर्शन 1

राजनीतिक क्षेत्र एवं राज्यले धर्म र धार्मिक क्षेत्रलाई वेवास्ता गर्न थालेपछि नेपाली मनमस्तिष्कमा धार्मिक आस्था एवं भावना झन्झन् बढ्दै गएको पाइएको छ । नेपाली जनता धर्मनिरपेक्षता चाहदैनन् भन्ने एउटा गतिलो उदाहरण पनि हो यो । धार्मिक क्षेत्र एवं धार्मिक नागरिकको चाहनालाई वेवास्ता नै गरिरहने हो भने त्यसको परिणाम राजनीतिक दलहरूको लागि हितकर हुन नसक्ने कुरालाई सम्बन्धितहरूले समयमै बुझ्नसक्नु पर्ने संकेत पनि हो ।

पशुपतिनाथ दर्शन 1 पशुपतिनाथ दर्शन 2 पशुपतिनाथ दर्शन 3 पशुपतिनाथ दर्शन 4 पशुपतिनाथ दर्शन 5 पशुपतिनाथ दर्शन 6 (1) पशुपतिनाथ दर्शन 6 पशुपतिनाथ दर्शन 7 पशुपतिनाथ दर्शन 8 पशुपतिनाथ दर्शन 9 पशुपतिनाथ दर्शन 10

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...