Monday, August 8, 2016

एमाले अध्यक्ष ओली र जापानका राजदूत ओगावाबीच भेटवार्ता

oliकाठमाडौँ, २४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच सोमबार भेटवार्ता भएको छ ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा उहाँहरुबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

भेटवार्तामा जापानका राजदूत ओगावाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याएको बताउँदै कार्यकाल सफल भएकामा धन्यवाद दिनुभएको थियो ।

करिब आधा घन्टा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी गराउनुभयो ।

आइतबार एमाले अध्यक्ष ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भेटवार्ता भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...