Wednesday, August 24, 2016

एनआरएन ए क्षेत्रिय सम्मेलनमा नेपाल कल्चरल प्रदर्शन हुने

14087455_10208969473448367_502717052_o

आगामी अगष्ट महिनाको २७र २८ मा अमेरिकाको न्यू जर्सी डब्बल ट्री हिल्टन होटलमा हुन गईरहेको नोवौ एन आर एन ए क्षेत्रिय सम्मेलनमा सांस्कृतिक कार्यक्रमले अझ रौनकता थप्ने भएको छ । उक्त सांस्कृतिक कार्यक्रमका संयोजक तथा एनआरएनए आईसिसी सदस्य दिल श्रेष्ठले जानकारि दिए उनुसार कार्यक्रमको सबै तयारि सकिएको छ ।

अभिनेता राजेश हमालको समेत उपस्थिति रहने कार्यक्रममा नायक दिलीप रायमाझी , नन्दिता केसी, प्रमोद खरेल , यस कुमार ,पबिता परियार , अर्जुन दाहाल , आयूष अधिकारी , वेद बस्नेत , भविषा फुयाल , बिन्दु सापकोटा , कृष्टल थापा , दिपक श्रेष्ठ , गाम्बु सेर्पा , लक्ष्मी बजगाई , नलिना चित्रकार , राज कपुर , रमीला शुबेदी , सपना स्री , सौगात श्रेष्ठ , सिम्रन अधिकारी , सुनिती रिजाल , सुमन बुढामगर , तिलक श्रेष्ठ लगाएतका कलाकारहरुले गीत तथा नृत्यबाट भरपुर मनोरन्जन दिने भएका छन् । नेपाल कल्चरल सो नाम दिईएको उत्त कार्यक्रममा तीजका गीतहरु पनि मुख्य आकर्षण रहने बताईएको छ ।

२ दिनको लागि रजिष्ट्रेशन शुल्कको साथै सांस्कृतिक कार्यक्रमको लागि मात्रै $४० डलर लाग्ने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...