एएनएमा अध्यक्ष सहित अन्य पदमा हेरफेर पश्च्यात ईनेपलिजले यस संस्थाका नव निर्वाचित वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी संग एटलांटा एएनए सम्मेलनको आर्थिक कारोबार सम्बन्धि प्रश्न उठाएका थियौ l
गत जुलाई १ देखि ४ सम्म सम्पन्न भएको एटलांटा एएनए सम्मेलनमा अहिले सम्म सार्बजनिक रुपमा आम्दानी र खर्चको विवरण नआएकोले पारदर्शिता सम्बन्धि केहि जिज्ञाशा राख्दा अधिकारीले भने आम्दानी तथा खर्च पारदर्शी बनाई सकिएको बताए l
अधिकारीले भने सम्मेलन पश्च्यात संचालक समिति ,कार्यकारी समिति तथा सल्लाहाकार समितिको सयुक्त बैठकमा हिसाब किताब पेश गरिएको बताए l उनले अगाडी भने आम्दानी र खर्च बराबर नै भएको र उक्त सयुक्त बैठकमा सम्मेलन संयोजक तथा आयोजक समितिका संयोजकले जानकारी गराई सकेको बताएका छन् l
एएनएका अध्यक्ष रोजर अधिकारीले गत अगस्त १४ तारिखमा राजिनामा गरे पछि शम्भु ढुंगाना अध्यक्ष तथा डिसी महानगर क्षेत्रका तत्कालिन उपाध्यक्ष खगेन्द्र अधिकारी वरिष्ठ उपाध्यक्षमा सर्ब सम्मति बाट चयन गरिएको थियो l
गत महिना एएनएन एटलांटा सम्मेलन सफलता पुर्वक सम्पन्न भएकोमा आफु निकै उत्साहित भएको अधिकारीले बताउदै ईतिहास बोकेको एएनएले महत्वाकांक्षी काम गर्ने बताए l
अधिकारीले गैर मुनाफा संस्था भएकोले नाफा कमाउने ध्येय नरहेकोले सम्मेलनको आम्दानी र खर्च बराबर जस्तै भएको जानकारी दिए l
No comments:
Post a Comment