Wednesday, August 10, 2016

‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’का उत्कृष्ट पाँच चलचित्र मनोनयन

timthumbकाठमाडौँ, २६ साउन । नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ ।

गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत १७ विधाको मनोनयन सार्वजनिक गरिएको हो । ‘क्लासिक’ र ’प्रेमगीत’ दुई चलचित्र समान ११ विधामा मनोनित भएका छन् । त्यस्तै ‘पशुपतिप्रसाद’ र ‘वडा नम्बर ६’ समान आठ-आठ विधामा मनोनीत भएका छन् भने ‘कबड्डी कबड्डी’ सात विधामा मनोनयन भएको छ ।

सार्वजनिक भएको मनोनयन अनुसार ‘हीरा’ सर्वोत्कृष्ट चलचित्रमा सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ‘क्लासिक’, ब्ल्याक हर्ष पिक्चचर्स् र अ सिनेमा आर्ट प्रोडक्सन्को ‘कबड्डी कबड्डी’, टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्सनको ‘पशुपतिप्रसाद’, आशुसेन फिल्मस् प्रोडक्सनको ‘प्रेमगीत’ र आमा सरस्वती गीतादेवी फिल्मस्को ‘वडा नम्बर ६’ छन् ।

त्यस्तै ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशकमा ‘क्लासिक’का दिनेश राउत, ‘पशुपतिप्रसाद’का दीपेन्द्र के खनाल, ‘कबड्डी कबड्डी’का रामबाबु गुरुङ, ‘प्रेमगीत’का सुदर्शन थापा र ‘वडा नम्बर ६’का उज्वल घिमिरे छन् । त्यसैगरी ‘शिव’ सर्वोत्कृष्ट अभिनेतामा ‘क्लासिक’का आर्यन सिग्देल, ‘कबड्डी कबड्डी’का दयाहाङ राई, ‘पशुपतिप्रसाद’का खगेन्द्र लामिछाने, ‘प्रेमगीत’का प्रदीप खड्का र ‘फन्को’का सौगात मल्ल मनोनयनमा परेका छन् ।

त्यस्तै ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्रीमा ‘भाग सानी भाग’की केकी अधिकारी, ‘रेशम फिलिली’की मेनुका प्रधान, ‘क्लासिक’की नम्रता श्रेष्ठ, ‘वडा नम्बर ६’की प्रियंका कार्की र ‘प्रेमगीत’की पूजा शर्मा छन् ।

‘नीर’ सर्वोत्कृष्ट सहअभिनेतामा ‘पशुपतिप्रसाद’का विपिन कार्की, ‘रेशम फिलिली’ का कामेश्वर चौरशिया, ‘होस्टेल रिटन्र्स्’ का नाजिर हुसेन, ‘चङ्खे, शङ्खे पङ्खे’का प्रमोद अग्रहरी, ‘लभ सब’का शिशिर भण्डारी छन् ।

त्यसैगरी ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्रीमा ‘अधकट्टी’की अशिष्मा नकर्मी, ‘वडा नम्बर ६’की दीपाश्री निरौला, ‘क्लासिक’की रोमीवानी घिमिरे, ‘सुश्री’की सुरविना घिमिरे र ‘होस्टेल रिटन्र्स्’की स्वस्तिका खड्का छन् ।

साथै ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेतामा ‘फूलैफूलको मौसम तिमीलाई’का आमेश भण्डारी, ‘नाइ नभन्नु ल ४’का पल शाह, ‘अधकट्टी’का प्रदीप बास्तोला, ‘होस्टेल सिटन्र्स्’का सुशील श्रेष्ठ र सोही चलचित्रका सुशील सिटौला छन् ।

त्यस्तै ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्रीमा ‘सुश्री’की आशिका तामाङ, ‘काफल पाक्यो’ र ‘नाइ नभन्नु ल ४’ दुवैबाट वर्षा राउत, ‘ड्रिम्स’की साम्राज्ञी शाह र ‘होस्टेल रिटन्र्स्’की शशी श्रेष्ठ मनोनयनमा परेका छन् ।

यीबाहेक ‘चेतन’ सर्वोत्कृष्ट लेखन, ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, ‘तुलसी’ सर्वोत्कृट सम्पादक, ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, ‘प्रदीप’ सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रण, ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व सङ्गीत, ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, ‘उदित’ सर्वोत्कृट पाश्र्व गायन, ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकारका लागि प्रत्येक विधाबाट पाँच÷पाँच जना मनोनयनमा परेका छन् ।

हरेक पुरस्कारको नामाकरण सोही क्षेत्रमा लामो समय योगदान पु-याएका वरिष्ठ कलाकारको नामबाट नामाकरण गरिएको छ । जसको नामबाट पुरस्कारको नाम राखिएको हो उहाँहरुलाई प्रतिस्पर्धामा राखिएको छैन । कार्यक्रममा मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरणको मिति भने घोषणा गरिएको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...