Wednesday, August 10, 2016

सापकोटा र ढुङ्गेलको अनशन तोडियो

काठमाडौँ, २६ साउन । विधानसम्मत महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र रामेछाप जिल्ला पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेलले आज अनशन तोड्नुभएको छ ।

प्रतिनिधि विवाद मिलेपछि उहाँहरुले अनशन तोड्नुभएको नेविसङ्घका नेता सुशील भट्टले जानकारी दिनुभयो । काँग्रेस सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालगायतका नेताले उहाँहरुलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

विधानविपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकासाथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी उहाँहरू यही साउन १५ गतेदेखि आमरण अनशन बस्दै आउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...