काठमाडौं, २६ साउन । बेल्जियमको बिभिन्न ठाउँमा कार्यरत नेपालीले साउदीको जेलमा रहेका काभ्रेको कुशादेवीका रामचन्द्र तिमिल्सिनालाई १ लाख आर्थिक सहयोग गरेका छन् ।
दैनिक नेपाल डटकम र बुटवल नगरपालिका वडा नं. १३ हाल बेल्जियम बस्दै आउनुभएकी सिर्जना कार्की थापा र सरस्वती पन्तको सक्रियतामा सो रकम संकलन भएको हो ।
संकलित रकम दैनिक नेपाल डटकमकी सहसम्पादक शारदा गैरेले एबिसी टेलिभिजनका इन्द्रेणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेललाई टिभि कार्यक्रमको प्रत्यक्ष प्रशारणमा हस्तान्तरण गर्नु भएको छ ।
सो रकम बेल्जियममा कार्यरत सिर्जना कार्की थापा तथा मदन कार्कीबाट २८ हजार, सरस्वती पन्त तथा लिलाधर पन्तबाट २६ हजार २१६, अर्जुन घिमिरेबाट ५ हजार ८ सय, योगेशचन्द्र पौडेलबाट ५ हजार ८ सय, जयप्रकाश भुषालबाट ५ हजार ८ सय, प्रदिप घिमिरेबाट ५ हजार ८ सय, हुमनाथ पाण्डेबाट ५ हजार ८ सय, जित लामाबाट ३ हजार ४८०, बिमल गिरीबाट २ हजार ३२०, सकुन्तला पौडेल २ हजार ३२० र ललित जुक्जातीबाट १ हजार १६० प्राप्त भएको हो ।
रामचन्द्रले चलाएको गाडीको ठक्करबाट कारमा सवार पाकिस्तानी नागरिकको ज्यान गएपछि उनलाई साउदी सरकारले ३५ लाख रुपैयाँ ब्लडमनि तोकेको छ । ब्लडमनि तिर्न नसकेर उनी १५ महिनादेखि साउदीको जेलमा छन् । उनकी श्रीमती सरिता तिमिल्सिनाले श्रीमानलाई बचाउन हारगुहार गरिरहेकी छन् । एबीसीका कार्यक्रम प्रस्तोता कँडेलका अनुसार २५ लाख रकम जम्मा भैसकेको छ ।
No comments:
Post a Comment