Saturday, August 6, 2016

तीनबुँदे सहमति विषयमा प्रम र सभापति देउवाबीच छलफल

16072016025320Dahal_Deuwa-1000x0काठमाडौँ, २२ साउन । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच आन्दोलनरत तराई-मधेसवादी दलबीच भएका तीनबुँदे सहमति कार्यान्वयन लगायत विषयमा कुराकानी भएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान ती विषयमा कुराकानी भएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाले  दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

“पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो ।” निजी सचिव देउवाले भन्नुभयो । काँग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय मेत गरिसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...