Saturday, August 6, 2016
गुम्दैं गएको राष्ट्र, राष्ट्रियता र स्वाभिमान
हामी नेपाली हौं, यसमा हामीलाई आत्मगौरब छ । हाम्रा पुर्खाहरुले वीरतापूर्वक कठोर लडाई लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौंको बलिदान र हजारौंको जीवन अङ्ग–भङ्ग गरेर बचाएको देश हो । आधुनिक हतियार र तालिम प्राप्त दक्ष भएर नेपालीसँग युद्ध गर्न आएका ब्रिटिस सेनालाई भाला, तरवार, ढुङ्गामुढा प्रहारबाट ऐतिहासिक विजय हाँसिल गरी पूर्खाले राष्ट्र, राष्ट्रियता स्वतन्त्रता र स्वाभिमान जोगाएका हुन् । त्यति वेला विदेशीसँग झुकी निडर भएर नलडेको भए आज यहाँ अंग्रेजहरुको राज हुन्थ्यो । युद्ध गर्न नेपाल आएका ती व्रिटिस सेनाले नेपालीसँग युद्ध गर्न नसकि आफ्नो हार स्वीकार गरी अन्तत स्वदेशमै फर्कियो । त्यसैले आज हाम्रो राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानीको नारा र भाषण गर्ने गछौं, तर अहिलेको पीढिले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रताको विषयमा खासै काम गरेका छैनौं ? सधै पराधिन भएर लम्पसारवादको नीतिलाई आत्मसाथ गर्ने, अनि भन्ने हाम्रो नेपाल, हामी नेपाली ।
सधै परनिर्भरता
जति हामी नेपाली भनेर आत्मगौरव गरे पनि आज नेपाली–नेपाली वीच दिन–दिनै वितृष्णा बढ्दै गएको छ । एक अर्कावीच विश्वासीलो बन्न सकेका छैनौं । आफ्नो हक अधिकार प्राप्तीको लागि अरुको हक अधिकारलाई बञ्चित गरेका छौं । देशभर नेपाली–नेपाली वीच हत्या हिंसा र काट्मार चलिरहेको छ । उदाहरणकै रुपमा हेर्ने हो भने सिङ्गो विशाल नेपाल निर्माण देखि अहिलेसम्म लाखौं–लाख नेपालीहरुले कहिले देशको लागि त कहिले अधिकारको लागि ज्यान गुमाउनु परेको छ । युगान्तकारी परिवर्तनमा अक्कल–झुक्कलमा केही मानिसहरुको मत्युलाई पनि स्वाभाविकै मानिन्छ तर ‘मर्नु भन्दैमा मर्न पनि जान्नु पर्दछ ।’ विना कारण राज्य पक्षबाट होस वा विद्रोही पक्षबाट दोहोरो मुठ्भेटको नाममा निर्दोष नागरिकले ज्यान गुमाउनु परेको छ । हाम्रो समाज यति दर्दनाक बनेको छ की, यस्तो होला भनेर कसैले पनि कल्पना समेत गरेका थिएन् । नेपाली भएकै कारण जुन ठाउँमा जो जहाँ रहेको पनि त्यही ठाउँमा असुरक्षित भएका छौं । मानवता, आत्मियता, माया, ममता, भाईचारा, सद्भाव, नातागोता सवै विस्तारै–विस्तारै समाप्त हुदै गईरेहेको अवस्था छ । पूरै देश दण्डहिनता तिर अघि बढीरहको छ । आफ्नो माग पुरा गराउनको लागि सयौं दिन बन्द हड्ताल गरिने गरिएको छ । हुदा–हुदा देश भित्रमात्र नभएर भारतको भूमिमा गएर नेपालीले नेपालीलाई नै ढुङ्गा मुढा हान्ने जस्ता घृणित कुकार्यहरु हाम्रै अगाडी भईरहेका छन ।
प्राकृतिक स्रोत साधनको विनास
लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment