Monday, August 8, 2016

सातसमुद्रपारी नेपालीहुनुमा गर्व गर्ने यो दृश्य

13936559_10206514528454321_1358659152_n - Copy

७ अगष्ट,२०१६ लबक, टेक्सास दुईवर्षको उमेरमा अमेरिका छिरेकी प्रशंशाले नेपालका लोकप्रिय गायक रामकृष्ण ढकाल र भारतीय चर्चित गायिका आशा भोस्लेको युगल स्वर रहेको वाचुन्जेलीलाई वोलको गीत प्रस्तुत गरिरहदा त्यहाँ उपश्थित सवैका आँखा हर्षले रसाए । उनीहरुको मन गर्वले फुलेर छातिभरि भयो । अमेरिकामै जन्मेका १३ बर्षिय सतिश बन्जारा प्रबासको नेपाली समुदायका अर्का गौरवका पात्र हुन् । नेपाली भाषा बोल्ने मात्र होईन अरूलाई बुझाउन सक्ने दखल राख्छन् । त्यसैगरि १२ वर्षका आशुतोस जोशीले गुरुको प्रशंसाको भाव वोकेको कविता सुनाईरहँदा उपश्थितसवैले आफ्नो शिर सगरमाथाभन्दा अग्लोभएको महसुस गरे ।

13956836_10206514551694902_961026066_n - Copy

हातले कोरेर रंगिन भरेको नेपालको नक्सा देखाएर उभिएका अमिष पाण्डेले नेपालको बारेमा वताईरहँदा त्यहाँ उपश्थित सवैजना टोलाइरहे । यस्ता थुप्रै पस्तुतिहरु थिए जसबाट नेपाली हुनुमा गौरव गर्न सकिन्थ्यो त्यहाँ । अमेरिकाको टेक्सास राज्यको लबक शहरमा रहेको भाषा स्कुलको ग्रयायुजेसनको दृष्य हो यो । दुईमहिनाअघि संचालित यस पटकको नेपाली भाषा पाठशालाका विद्यार्थीहरु ग्रयाजुयसन कार्यक्रममा आफ्ना प्रस्तुतिबाट नेपालप्रतिको झुकाव प्रस्तुत गर्दै थिए । ती दृश्यहरु देखेर अमेरिका छोराको परिवार भेटन आएका पूर्व सचिव युवराज गौतम मात्र होइन छोरीको परिवार भेट्न आएका नेपालमा महिला विकास संगठनको पूर्वी क्षेत्रिय संयोजक नारायणी जोशीको पनि गर्वले छाति फुलेको वताए । २ सय देखी ३ सय नेपालीहरु रहेको यस ठाउमा यो कृयाकलाप भने प्रवासमा मात्र होइन नेपालमा रहेका नेपालीहरुका लागि गतिलो उदाहरण थियो ।

13940962_10206514540174614_492627237_n - Copy

पाश्चात्य शैलीप्रतिको आकर्षणमा आकर्षिहरुका लागि त यो मुखभरिको जवाफ थियो । वालवालिकाबाट गौरव गर्ने यो विषयको पछाडी भने उनीहरुका अभिभावको अनवरत देन देखिन्थ्यो । प्रो डा मेघनाथ पराजुली भन्दै थिए मेरा केटा केटी ठूला भैसकेका छन् मलाई यो जरुरी थिएन तर जन्मभूमिप्रतिको जिम्मेवारीले मैले पनि यहाँ आएर अध्यापन गरे । आफ्नै छोराछोरीले नमस्कार गर्ने ठाउमा हाई गरे आत्मग्लानी हुन्छ त्यसैले सवै अभिभावकहरु यसप्रति जिम्मेवार हुनुपर्ने उनको भनाई थियो । समाजका अध्यक्ष डा माधव पाण्डे नेपाली भाषा पाठशालामा सहभागि भएर कार्यक्रम सम्भव वनाईदिने सवै वालवालिका एवं अभिभावकप्रति धन्यवाद प्रकट गर्दै थिए । भाषा पाठशालाबाट नेपाली भाषा संस्कृति लगायतका कुरामा पठन पाठन गरिएको डा पाण्डेले वताए । झण्डै दुई दजैन विद्यार्थीहरु सहभागि यस पटकको कक्षा दुई महिनासम्म संन्चालन गरिएको थियो । मुलधारको पढाईको विदामा शनिवार र आईतबाट नेपाली भाषा पाठशाला सन्चालन गरिदै आएको वताईन्छ । वालवालिकालाई नेपाली भाषा र संस्कृतिप्रतिको झुकाव गराउन अभिभावकहरुले पनि विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

13936491_10206514549614850_407719250_n - Copy

13956836_10206514551694902_961026066_n - Copy 13942153_10206514546454771_1689461384_n - Copy 13941083_10206514551494897_1379785674_n - Copy 13940962_10206514540174614_492627237_n - Copy 13937074_10206514550094862_1875476389_n - Copy 13936559_10206514528454321_1358659152_n - Copy 13936491_10206514549614850_407719250_n - Copy 13933431_10206514533934458_1127815253_n - Copy 13933205_10206514551254891_523664795_n - Copy 13933198_10206514537574549_1938948916_n - Copy 13933085_10206514549934858_196986118_n - Copy 13933004_10206514551894907_1788638157_n - Copy 13553282_10206514550974884_1899020720_n - Copy

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...