Monday, August 15, 2016

जन्म दिनको अवसरमा पानी अभियानलाई सहयोग

naresh


दाङका हाल अमेरिका बस्ने श्री नरेश धिताल र उहाकी धर्म पत्नी रन्जिता रेग्मिले आफ्नो छोरी निशिकाको जन्म दिनको अवसर पारेर जन्म दिनमा गरिने फजुल खर्चलाई कटाइ पानी अभियानको नारा सफल बनोस भन्दै करोड पानी अभियानलाई सहयोग गरेका छन् साथै धिताल परिवारले यो पवित्र अभियानको लागि साथ दिन हरेक वर्ग ,तह र तप्कालाई अनुरोध पनि गरेका छन् । युगले जित्ने अभियान कोही पनि हार्नु नपर्ने कोही पनि मर्नु नपर्ने दुनियाँले जित्ने पवित्र अभियान भन्दै लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई रु 20 हजार पुजनीय बुवा नारायण धिताल मार्फत सुनपुर खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री प्रेम केसीलाई प्रदान गरेका छन् ।

naresh dhital

स्मरण रहोस् पानी अभियानलाई आफ्नै छोरा निरोनको जन्म दिनको अवसर पारेर काठमान्डौका हाल न्युजिल्यान्ड बस्ने सरु हेक्का र निर्मल क्षत्रीले पनि सहयोग गरिसकेका छन् । यस पवित्र अभियानलाई साथ दिएकोमा सुनपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीका अध्यक्ष श्री प्रेम केसी ले हार्दिक आभार प्रकट गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...