Monday, August 15, 2016

गज़ल

sakuntala

 

 

 

 

 

 

 

 

बादल भित्र जून लुक्दा तिम्लाई सम्झिए
मेरो कालो केश फुक्दा तिम्लाई सम्झिए

उकाली र ओराली त्यो देख्दा खेरि आज
देउता को थान मा पुग्दा तिम्लाई सम्झिए

भमरा ले प्रित पोख्यो फक्रिएको फुलमा
यिनै मेरा नयन झुक्दा तिम्लाई सम्झिए

नखोजेको कहाँ हो र भुल्न तिम्लाई मैले
लालुपाते डाली नुग्दा तिम्लाई सम्झिए

कुन्नि किन हेरिरहे आज तिम्रै तस्बिर
कता कता मुटु दुख्दा तिम्लाई सम्झिए

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...