Thursday, August 18, 2016

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित

dadelo (1)

लस एन्जेल्स (अमेरिका), २ भदौ । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा लागेको डढेलोका कारण ८० हजार स्थानीयवासी घर छोडी सुरक्षित स्थानमा भाग्न बाध्य भएका छन् ।
जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् ।

इन्टरस्टेट १५ को काजोन पासबाट सानो रुपमा स्थानीय समयअनुसार मङ्गलबार बिहान सुरु भएको जङ्गली आगो करिब २४ घण्टामा करिब ४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिए पछि वरपरका बस्तीमा समेत व्यापक क्षति भएको छ ।
आगलागीबाट कति घर जलेर ध्वस्त भए भन्ने तथ्याङ्क नआइसके पनि दर्जनौ घर खरानीमा परिणत भएका स्थानीयले बताएका छन् ।

सान बर्नार्डिनो ग्रामीण आगलागी नियन्त्रण विभागका प्रमुख एरिक सेर्बिनले ३४ हजारभन्दा बढी घरलाई खाली गर्न आग्रह गरिएको र यहाँ करिब ८२ हजार मानिस बसोबास गर्दै आएको अनुमान गरिएको बताउनुभयो ।
आगलागी नियन्त्रण प्रयास जारी रहे पनि शुक्रबारभन्दा पहिले डढेलोको अवस्था सहज हुने स्थिति नदेखिएको सेर्बिनले बताउनुभयो । – एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...