Thursday, August 18, 2016

नेविसंघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य

जुम्ला, २ भदौ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसंघको ११ औं महाधिवेशनले उहाँलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति हुनुभएका स्वर्गीय मानव सेजुवाल केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उहाँले बताउनुभयो ।
जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती ८ टोप्ला गाउमा जन्मनुभएकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...