Thursday, August 18, 2016

नागरिकताभन्दा राहदानी लिने बढी

passwordबागलुङ, २ भदौ । वैदेशिक रोजगारप्रतिको आकर्षणले जिल्लामा राहदानी लिनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार नागरिकताभन्दा राहदानी बनाउने बढी छन् । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर रहेको छ ।

राहदानी बनाउने १२ हजार २९ जना हुँदा नागरिकता लिने जम्मा सात हजार ७०६ जना छन् । रोजगारी र अध्ययनका क्रममा विदेश जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउने बढेको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले बताउनुभयो ।
आव २०७१÷७२ मा पनि सात हजारले नागरिकता बनाउँदा १५ हजार बढीले राहदानी बनाएका थिए । नागरिकले साधारण र दु्रत गरी दुवै सेवामार्फत राहदानी बनाउने गरेका छन् । गत आवमा पनि चार हजार ३१५ जनाले दु्रत सेवा प्रयोग गरी राहदानी लिएका थिए । बाँकीले भने साधारण सेवामार्फत जिल्ला प्रशासन कार्यालयबाटै राहदानी बुझेका थिए ।

दु्रत सेवाका लागि १० हजार र साधारणका लागि रु पाँच हजार दस्तुर लाग्ने व्यवस्था छ । बागलुङमा जिल्ला प्रशासन कार्यालय र बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट राहदानी सेवा दिइने गरिन्छ । राहदानी लिनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ । राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । बागलुङका करिब ४० हजार युवा विदेशमा रहेको तथ्याङ्क छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...