Sunday, August 14, 2016

सुख्खा पहिरोले गाउँ जोखिममा

download (1)मलेखु (धादिङ), ३० साउन । पानी रोकिएर घाम चर्केको अवस्थामा गाउँमाथिबाट पहिरो झर्दा उत्तरी धादिङको मूलपानी गाविस वडा नं ३ खण्डेचौरवासी जोखिममा परेका छन् ।

शनिबार दिउँसो गाउँमाथिबाट पहिरो आउँदा तीन घरलाई क्षति पु¥याएको छ भने १५ घर जोखिममा परेको स्थानीयवासी शोभा बस्नेतले जानकारी दिनुभयो ।

घाम लागिरहेका बेलामा पहिरो आएपछि भागाभाग गरेर ज्यान बचाएको र गाउँवासी सबै घर छाडेर छिमेकी गाउँमा शरण लिन गएको बस्नेतले बताउनु भयो ।

गत वर्षको भूकम्पपछि सो गाउँ जोखिममा रहे पनि गाउँवासी बस्दै आएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...