Sunday, August 14, 2016

नेवि सङ्घको मतदाता परिचयपत्र वितरण गरिने

काठमाडौँ, ३० साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिने भएको छ ।

महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धेरै दिनको विवादपछि हिजो राती निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...