इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका संयोजक ज्ञानप्रसाद रिमाल र सहसंयोजक विनय पोखरेल रहनुभएको छ भने कार्यक्रम प्रमुख डाक्टर रमेश कुमार आचार्य रहनुभएको छ । सदस्यहरुमा मेघासिंह अधिकारी, उदय केसी, अनिता सिलवाल, लोकनाथ मिश्र र विभा दवाडी रहनुभएको छ । अन्य सदस्यहरु क्रमश थप्दै जाने र यथाशीघ्र भेलाको आयोजना गरी पूर्णरुपको कार्यसमिति निर्माण गरिनेछ ।
इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुनुहुन्छ भने नवराज सुवेदी प्रवास प्रादेशिक समितिमा संयोजक हुनुहुन्छ । त्यस्तै संस्थाका सल्लाहकार शंकर भण्डारी नयाँ शक्तिका प्रवास प्रादेशिक समितिका सहसंयोजक हुनुहुुन्छ ।
No comments:
Post a Comment