लैंङ्गिकतामा आधारित विभेद र त्यसबाट उत्पन्न समस्यालाई न्यनिकरणमा सहयोग पु¥याउने उदेश्यले बालबालिका बेचबिखन तथा ओसारपसार र बालविवाह न्युनिकरण तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र महिला सुरक्षा दवाव समुह, रौतहटको सहकार्य तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा गाविस दिपही, समनपुर र बरियारपुरमा तालिम सम्पन्न भएको छ ।
छोरी भएकै कारणले हरेक क्षेत्रमा बिभेद, हिंसा, दुव्र्यवहार, बेचबिखन तथा ओसारपसार, बालविवाह जस्ता समस्या भईरहेको वर्तमान अवस्थालाई व्यवहारबाटै परिवर्तन गर्दै लैंङ्गिक मैत्री र बालमैत्री समाज निर्माणका लागि परिवार र समुदायको सकारात्त्मक भूमिका सबैभन्दा महत्वपूर्ण हुने संदेश तालिमले प्रवाह गरेको छ ।
महिला सुरक्षा दवाव समुह रौतहटकी उपाध्यक्ष बिनादेवी साहको सभाध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयकी मिरा थापाको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अतिथिहरुमा प्लान इन्टरनेशनल नेपाल, रौतहटका कार्यक्रम प्रवन्धक जिवनाथ पराजुली, लैंङ्गिक तथा बालअधिकार कार्यक्रम संयोजक राम खत्री, गाविस सचिवहरु सत्येन्द्र झा, नागेन्द्र यादव, प्रहरी सहायक निरिक्षकहरु छोटेलाल यादव, बिकाउ साह, स्वास्थ्य चौकी प्रमुख नेक महम्मद हुसेन, गाँऊ बाल संरक्षण समुहका सदस्यहरु सुमित्रा सहनी, गायत्री देवी यादव, राजकली देवी पासवान रहेका थिए ।
मानव बेचबिखन तथा ओसारपसार नियनत्रण ऐन २०६४, बालविवाह र दाईजो विरुद्धको कानुनी प्रावधान, लेंङ्गिक हिंसा विरुद्धको कानूनी प्रावधानका साथै यिनले बालबालिका र समग्र मानव जीवनलाई पु¥याउने हानीका बारेमा सहभागीहरुलाई चित्र र संदेशको माध्यमबाट सचेत गराईएको थियो ।
मानवअधिकारकर्मि टिका घिमिरे र जयरानी देवी सहनिको सहजिकरणमा सम्पन्न तालिमबाट दलित, अतिविपन्न, अल्पसंख्यक र पिछडिएका परिवारका ९८ जना अभिभावकहरु लाभान्वित भएका छन् ।
No comments:
Post a Comment