सर्वप्रथम नजिकीदै गरेको हिन्दु नारीहरुको महान पर्ब हरितालीका तीजको यहाँहरु सबैलाई अग्रिम शुभकामना । हरेक साल जस्तै यो साल पनि कृएटिभ नेपाल युथ ओर्गानैजेशनले ” तीजको रमाइलो २०७३ ” आयोजना गर्ने भएको छ l इस्ट बे मा रहनु हुने दिदि बहिनीहरुको सक्रियतामा हुने उक्त तीजमा स्थनीय कलाकारहरुको प्रस्तुति , राफल चिठा साथै डिजे समेतको व्यवस्था गरिएको छ l
तिज लाई भव्यताको साथमा मनाउनको लागि शशी प्रसाई को सयोजकमा ३१ सदस्य तीज आयोजक कमिटि गठन गरिएको छ| यस प्रकार रहेको छ
१) शशी प्रसाई २) बबिता सिटौला ३) अन्जना भुजेल ४) बिजया सुबेदी ५) प्रतिमा दुलाल ६)लक्ष्मी भण्डारी ७)ग्रिश्मा अमात्य ८) अलिमा शर्मा ९) प्रतिमा गुरुङ १०) अन्जु आचार्य ११) निर्मला कार्की १२) लता प्रधान १३) स्रदा थापा १४)सरिता न्यौपाने १५) गंगा भण्डारी १६) शान्ति राई १७) छिरिंग शेर्पा १८) दुर्गा दाहाल १९) रजनी दाहाल २०) अम्बिका बस्याल २१) दुर्गा सिटौला २२) रेनु लम्साल २३) लक्ष्मी गुरुङ २४) किरण सिवाकोटी २५) पूजा शर्मा २६) आशा कार्की २७) सम्झना चौलागाई २८ ) मनोहरा थापा २९) प्रतिभा सुब्बा ३०) शान्ति बर्तौला ३१) प्रिती सुब्बा
त्यसैले यहाँहरु सबैलाई तलको स्थान र समयमा उपस्थित भई एकैसाथ छमछम नाचौ भन्दै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ |
मिति :- २७ अगस्ट २०१६ (शनिबार )
स्थान :- ७००७ मोजर लेन ,एल सिरिटो (एल सिरिटो कम्युनिटी सेन्टर )
समय :- साँझ ६:३० देखि १० बजे सम्म
टिकट :- $२० ( तीजको दर सहित )
धन्यवाद ,
पुण्य कार्की
महासचिब
No comments:
Post a Comment