Tuesday, August 16, 2016

रु दुई लाख अनुदानले घर बन्दैन: डा भट्टराई

Baburam-Bhattarai-1गोरखा, ३२ साउन । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाउनुभएको छ ।

‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

“पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन” सदरमुकाममा आज भएको कार्यक्रममा भट्टराईले भन्नुभयो, रु “पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले रु ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।”

संसद्बाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...