Tuesday, August 16, 2016

अग्रज पत्रकार मिश्रको निधन

काठमाडौँ,, ३२ साउन । अग्रज पत्रकार इन्दुकान्त मिश्रको ९७ वर्षका उमेरमा छातीको निमोनियाका कारण आज बिहान निधन भएको छ ।
उपचारका क्रममा काठमाडाँैंको सीतापाइलास्थित शुभेच्छा अस्पतालमा ३.३० बजे निधन भएको हो । मिश्र लामो समयदेखि अस्वस्थ हुनुभएको थियो । सीतापाइलामा डेरामा बस्दै आउनुभएका मिश्रलाई छातीमा समस्या भएपछि केही दिनअघि मात्र अस्पतालमा उपचारका लागि भर्ना गरिएको छोरा राजेशले जानकारी गराउनुभयो ।

विसं २००७ देखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएका मिश्रले विसं २०१५ मा ‘दैनिक नेपाल’का सम्पादक र प्रकाशक भएर प्रकाशन गर्नुभएको थियो । उक्त दैनिक विसं २०५० सम्म प्रकाशन भइरहेको थियो । ‘ दैनिक नेपाल’ तत्कालीन पञ्चायती सरकारले तीन पटक बन्द गराएको थियो भने उहाँ पत्रिकाका कारण कारागार समेत पर्नुभएको थियो ।

मिश्र नेपाल पत्रकार सङ्घको कोषाध्यक्ष हँुदै महासचिव, प्रेस काउन्सिल नेपालको दुई पटक सदस्य र २०४९ सालदेखि राजपरिषद् सदस्य रहनुभएको थियो । महोत्तरीमा जन्मिनु भएका मिश्र विसं २००७ देखि नै काठमाडौँमा परिवारसँग डेरामा बस्दै आउनुभएको थियो । उहाँलाई सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो ।

यसैबीच मिश्रको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गदै नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ । महासङ्घका महासचिव उजिर मगरले आज विज्ञप्ति निकाल्दै उहाँको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक अनुभवी र अग्रज पत्रकार गुमाएको बताउनुभएको छ । मिश्रका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...