Monday, August 29, 2016

एन आर एन स्विटजरल्याण्डको तीजको कार्यक्रम भब्यरूपमा सम्पन्न

oएन आर एन स्विटजरल्याण्डले अगस्ट २८ तारिखको दिन स्विटजरल्याण्डको नोयनहोफ(आराउ) मा चिरपरिचित गायिका श्री सकुन्तला थापाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तोकिएको समयमानै अगाडी बढेको थियो भने कार्यक्रमको संचालक एन आर एन का बर्तमान उपाध्यक्ष श्री सिमा गौतमले गर्नु भयको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै श्री शोभा एल्मरले कार्यक्रममा सहभागी भइ शोभा बढाइ दिनु भएकोमा सम्पुर्ण लाइ आफु लगायत एन आर एन को तर्फ बाट धन्यवाद दिनु भएको थियो साथै नेपालीपन झल्किने,संकृती,तथा आफ्नो भेष-भुषालाई जोगानु पर्नेमा जोड दिनु भएको थियो ।

u

कार्यक्रम गतबर्षहरुमा स्विसबासि नेपाली बिजया भट्टले संचालन गर्दै आउनुभएको थियो भने यो बर्षबाट एन आर एन स्वीसले संचालन गरेको र आउने बर्षहरुमा नियमित संचालन गर्ने भएको छ ।

कार्यक्रममा स्विटजरल्याण्डका धेरै क्षेत्र बाट सहभागी जनाएका थिय । महिला दिदिबहिनीहरुको बढी बाहुल्यता रहेको उक्त कार्यक्रममा पुरुषहरूको पनि सहभागिता थियो । उल्लेखनीय उपस्थितिमा कार्यक्रम समापन भएको थियो साथै कलाकार सकुतला थापाको तिजको गीतमा महिला र पुरुषहरूको घमसान नृत्य चलेको थियो।

कार्यक्रममा सम्पुर्ण एन आर एन स्विसका सदस्यहरुले आ-आफ्नो क्षेत्रमा आफ्नै तरिकाले जिम्मेवारी बहन गरेका थिय । कार्यक्रम लगभग बेलुका ११ बजे सम्म चलेको थियो ।

t s

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...