बाल्टिमोर एननआरएनबाट आयोजित नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा “अन्तरक्रिया कार्यक्रम बिच अमेरिका रहेका नेपाली मुलका खेलाडीहरुमा सम्मान गरियो lबिदेशमा रहेता पनि खेलको माध्यम बाट नेपाल र नेपालीलाई बिश्वलाई जगतमा चिनाउने खेलाडीहरुलाई भब्य समारोह बिच प्रोत्साहन गर्दै सम्मानित गरिएको छ l
अरब पति उधोगपति बिनोद चौधरी, राजदूत अर्जुन कुमार कार्की ,एनआरएन अन्तर्राष्ट्रियका उपाध्यक्ष कुमार पन्त ,भवन भट्ट लगायतले खेलाडीहरु सम्मान गरेका थिए lअन्तर्राष्ट्रिय यु.एस.ए मास्टर्स गेमका स्वर्ण पदक बिजेता तथा अन्तरार्ष्ट्रिय कराँते खेलाडी उज्ज्वल सिंह ठकुरी सहित बाल्टिमोर, मेरिल्याण्डका स्थानीय बाल्टिमोर भलिवल टीमका १२ खेलाडीहरु तथा बाल्टिमोर एथलेटिक्स क्लव फुटबल टीमका २२ खेलाडीहरुलाई ट्रफी र कदर पत्र सहित सम्मान गरिएको छ।
सम्मानित हुनेहरुमा शक्ति रेग्मी ,हरि राना ,राम श्रेष्ठ , मन रोका ,यम पुन ,इश्वर थापा ,भाबिस्वर तिलिजा पुन ,ध्रुब राज गिरि ,केशर बहादुर के सी ,कुमार पुन ,राम तिलिजा तथा सन्तोस थापा रहेका थिए l
यसै गरि दिपक गुरुङ ,हेमन्त श्रेष्ठ ,सुनिल पुन ,निश्चल द्रोग्बा ,सुमन रे ,अधित्य घिमिरे ,सगुन सरु ,बिबेक तामांग ,सोनाम रोका ,दित्शव बोहरा ,प्रसान्त गुरुङ , शिशिर बिश्वोकर्मा , कुशल ढकाल क्षत्री ,अरुण खड्का , सन्तोष गैरे ,बिरेन लिम्बु ,मिलन गुरुङ ,पर्वत लिम्बु ,सचिन गुरुङ ,बिराज थापा ,किशोर गुरुङ तथा सोम लिम्बु सम्मानित भएका थिए l
अमेरिकन मारिन गोजुर्यो कराते खेलाडी सेकेन्ड दान उज्ज्वल सिंह ठकुरी ,१२ स्वर्ण पदक , ४ रजत पदक ४ कास्य पदक कराते, तेक्वोन्दो, काता अनि ब्रेकिङ्गमा पाए वापत सम्मानित भएका थिए l
No comments:
Post a Comment