अमेरिकाको न्युजर्सीमा भएको नवौ एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा गत अगस्त २६ तारिखमा भएको एनआरएनए चौथो गल्फ प्रतियोगिता सफलता पुर्वक सम्पन्न भयो l
उक्त प्रतियोगिताको लागि विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी भएका थिए l उक्त खेलमा खेलाडीहरुमा पुर्व सभामुख सुभाष चन्द्र नेम्बाङ्, राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि ), एनआरएनए अन्तर राष्ट्रियका उपाध्यक्ष कुमार पन्त लगायतको सहभागिता रहेको थियो l
बिजयी खेलाडीहरुलाई अमेरिकाका अध्यक्ष डा केशब पौडेलले नगद तथा पुरस्कार प्रदान गर्नुभएको थियो l बिभिन्न खेलहरुमा बिजयी हुनेहरुमा व्यक्तिगत तर्फ खेलमा प्रथम तेञ्जिङ्ग दोर्जे ,द्वितीय लाक्पा रिङ्ग्जि शेर्पा तथा छिरिङ्ग गोर्जे तृतीय भएका छन् l
यसै गरि प्वालको नजदिकमा आङ्ग छिरिङ्ग शेर्पामा बिजयी भए भने लामो दुरी फ्याक्नेमा छिरिङ्ग दोर्जे ,र चार जनाको खेलमा )लामो दुरी प्रहार गर्ने समुहमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )को समुह प्रथम स्थान हासिल गरेको थियो भने उक्त टोलीमा डा अर्जुन कुमार कार्की ,भवन भट्ट ,रबिन तथा तथा नारायण थापा रहेका थिए l
उक्त खेलमा लोकनाथ तिवारी ,आरके शर्मा ,योगेन्द्र छेत्री तथा केमिका भण्डारी द्वितीय भएका थिए l यसै गरि लामो दुरी फ्याक्नेमा नारायण गुरुङ बिजयी भएका थिए l
उक्त गल्फ खेल एनआरएनए खेलकुद समितिका संयोजक तथा अन्तर राष्ट्रिय सदस्य नारायण गुरुङको संयोजनमा, केमिका भण्डारी, सन्जीब श्रेष्ठ, मोहन वाइबा, छेमाङ् तामांग, जेपी सापकोटा र अन्य सदस्यहरुको पहलमा आयोजना गरेका थिए l
No comments:
Post a Comment