Wednesday, August 31, 2016

अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा लोककृतिगंगा विशेष सम्मान २०१६ बाट सम्मानित

prakash 2

अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा एक्सन फर नेसन्स आइएनसीका अध्यक्ष प्रकाश थापा अमेरिकामा सम्मानित भएका छन् । नेपाली लोक, कला, संस्कृति र समाज सेवाको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि यस वर्षको लोककृतिगंगा विशेष सम्मान २०१६ बाट थापा सम्मानित भएका हुन् ।

गत साता अमेरिकाको न्यु योर्कमा आयोजित एक विशेष समारोह बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापालाई उक्त सम्मान गर्नुभएको हो ।

उनले अमेरिका वसाईको छोटो समयमै समाजसेवाको क्षेत्रमा उदाहरणीय कामहरु गरेका छन् । थापाले यसअघि पनि बिभिन्न प्रतिष्ठित संस्थाहरुबाट सम्मान पाईसकेका छन् । थापा सञ्चार उद्यमी, इभेन्ट म्यानेजर तथा व्यवसायीक व्यक्तित्व पनि हुन् ।

थापा एक्सन फर नेसन भन्ने संस्थाका अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा सभापति पनि हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...