Saturday, August 27, 2016

आइतबार रौटहटका विद्यालय बन्द हुने

schoolरौतहट ११ भदौ, । आइतबार रौतहट जिल्लाका सबै विद्यालयहरु बन्द हुने भएका छन् । शुक्रबार त्रिशुलीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका शिक्षक शिक्षिकाहरुको सम्झनामा शोक मनाउने निर्णय गरिएको  शिक्षक महासंघ रौतहटले जनाएको छ ।

बस दुर्घटनामा मृत्यु हुनेहरुमा सन्ध्या श्रीवास्तव, सचिन्द्र यादव, गणेश साह शिक्षक हुन् । त्यसैगरी शिक्षकद्वय जयसवाल र यादव शिक्षक हुन् भने राम निर्वाचन कार्यालयका करारका कर्मचारी हुन् ।

मुडवलवाकै नेमधारी वासुदेव उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक चित्ररञ्जन यादव स्थायी शिक्षकका लागि आयोगको परीक्षा दिन पोखरा जाँदै थिए ।

यसैगरी दुर्घटनामा परी ज्यान गुमाएकी सन्ध्या श्रीवास्तवको पनि अन्येष्टि गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...