अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society) को आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम आउदो आइतबार मनासस भर्जिनियामा भब्य आयोजना गरिदै छ। डिसी मेट्रो एरिया र यसको वरपर जतासुकै रहनुहुने सबै नेपाली दिदिबहिनिहरु, दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ।
हिन्दु नारीहरूको महान चाड हरितालिका तीज भाद्र शुक्ल तृतीया देखि पञ्चमीसम्म मनाइदै आएको विशेष पौराणिक महत्व छ। यो पर्वमा विवाहित र अविवाहित महिलाहरूले आ-आफ्नो मनोकामना पूरा होस भनी ब्रत बस्ने गर्छन्।पार्वतीले महादेव पति पाउँ भनि ब्रत बसेको पौराणिक मान्यता अनुसार यो पर्व मनाउने गरिन्छ। स्मरण रहोस यस समाजले स्थापना काल देखिनै हाल परदेशमा रहेका दिदि बहिनिहरुलाई माईतिकै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ।
विगतका बर्षहरुका कार्यक्रमलाई मध्यनजर गरि यस वर्ष तीज अझ विशेस रुपमा मनाउनको हामिहरुले ठुलो हल लिएका छौ।आउनुहोस हामीहरू सबै मिली मनाससमा उल्लासपूर्ण बातावरणमा तीज पर्व मनाऔ रमाइलो गरौ, नाचौ र झुमौ।
No comments:
Post a Comment