Sunday, August 7, 2016

कांग्रेस, माओवादी र मधेसी मोर्चावीच छलफल हुँदै तीन बुँदे सहमति कार्यान्वयनमा दबाब दिइने

Madhesi-morcha-650x360-1काठमाडौं, २४ साउन । सरकार गठनका बेला भएका तीन बुँदे सहमति कार्यान्वयन र सरकारका विषयमा छलफल गर्न कांग्रेस, माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूवीच आज छलफल हुने भएको छ ।

सिंहदरबारमा अपरान्ह हुने छलफलमा मधेसी मोर्चासँग भएको सहमतिका विषयमा छलफल हुनेछ । छलफलमा संविधान संशोधनको प्रस्ताव र नागरिकताका विषयमा पनि परामर्श हुन सक्ने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले जानकारी दिनुभयो ।

‘प्रमुख तीन राजनीतिक शक्तिवीच आज छलफल हुने तयारी भएको छ’, वरिष्ठ नेता रायले भन्नुभयो, ‘सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयनमा छलफल केन्द्रित रहनेछ ।’

माग पूरा भयो भने सरकारमा जाने तयारी गरेको मधेसी मोर्चाले घाइते, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, मुद्दा फिर्तालगायतका विषयमा पनि जोडदार कुरा राख्दै आएको छ ।

– See more at: http://bit.ly/2b61lVp

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...