Sunday, August 7, 2016

गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्

gaurikaकाठमाडौँ, २४ साउन । नेपालकी गौरिका सिंह ब्राजिलमा जारी ‘रियो ओलम्पिक’अन्तर्गत पौडीतर्फको १०० मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन् ।

गएराति भएको स्पर्धामा उनी ३१ स्थानमा रहँदै बाहिरिएकी हुन् । विभिन्न देशका ३४ खेलाडीले भाग लिएका यस स्पर्धामा उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहे ।

प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडीको नाम दर्ता गराएकी १३ वर्षीय गौरिकाले १०० मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पूरा गरेकी थिइन् ।

करिब छ महिनाअघि भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । तर यो पटक उनी उक्त आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुक्न गइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...