Sunday, August 7, 2016

मेरो देश मेरो दायित्व बिषयक कार्यक्रम सम्पन्न

DSC03892

अमेरिका भर्जिनिया स्थित प्राईड नेपालको आयोजनामा आज “मेरो देश मेरो दायीत्व” बिषयक कार्यक्रमको आयोजना गरिएको छ । भियेनामा आयोजित कार्यक्रममा बोल्दै समाजका विभिन्न विज्ञले नेपाल भ्रष्टाचारको थलो भएकाले विकासले गति लिन नसकेकाले अब सबै नेपाली भ्रष्टाचारविरुद्ध एकजुट हुनपर्ने बताउनु भयो ।

DSC03893

समारोहमा बोल्दै नेपालका बरिष्ठ साहित्यकार कृष्ण धरावासीले हामी देश विदेशमा जहाँ भएपनि देश बनेन भनेर बस्न भन्दापनि देश बनाउन लाग्नु पर्ने बताउनु भयो । हरेक अभियानको शुरुवात एक एक मानिसबाट हुने र विस्तारै सबैजना जोडिदै अभियान बन्ने बताउनु भयो ।

DSC03885

त्यस्तै कार्यक्रमका अर्का वक्ता प्रेम सौगौलाले देशमा केहीगर्न आफु सधैँ तत्पर रहेतापनि कहाँबाट शुरु गर्नेमा स्पष्टता नभएतापनि आफुले सकेसम्म देशका लागि केही न केही गरिरहेको बताउनु भयो । वहाँले देश बाहिर र भित्र बसेका नेपालीहरुले सुशासनकालागि मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

DSC03881

सोह कार्यक्रमका अर्का वक्ता कृष्ण भण्डारीले नेपालको कुशासनको प्रतिफल आज लाखौँ मानिस देशबाट बाहिरीन बाध्य भएको बताउनु भयो । लामो समय आफुले नेपालमा भ्रष्टाचारविरुद्ध काम गरेको अनुभव सुनाउदै वहाँले भ्रष्टाचारविरुद्धको लडाँई सहज नभएको बताउनु भयो ।
कार्यक्रमका मुख्य वक्ता उत्तम निरौलाले नेपाली समाजमा बाल मस्तिस्कमा नै नेपाल खत्तम मुलुक हो, यहाँ हाम्रो भविष्य छैन, ठुलो भएपछि जसरी भएपनि विदेश जानु पर्दछ भन्ने मानसिकता हालिएकाले देश निर्माणको मनोविज्ञान नबनेको बताउनु भयो । वहाँले नेपालीहरुको वैभवशाली ईतिहासलाई हामीले अध्ययन नगरेकाले पनि हामी आज कमजोर मानसिकतामा बाँचीरहेको बताउनु भयो । देशप्रतिको हिनताबोधले आज भ्रष्टहरुलाई अझ भ्रष्ट बनाउन सहयोग गरेको वहाँले बताउनु भयो । त्यस्तै, देश बनाउने ठेक्का हामीले नेतालाई दिएको हेन । उनीहरुले देशलाई समृद्ध बनाउन सक्दैनन् भने हामी नागरिक समाज नै अघि बढेर समाजलाई सकारात्मक दिशा तर्फ लैजान अब नेपाल भित्र र बाहिरका नेपालीहरु संगठित हुनु पर्ने बताउनु भयो । उक्त संगठनकालागि निरौलाले खाकापनि प्रस्तुत गर्नुभयो ।
नेपाल बाहिरका करिब एक हजार नेपाली सुशासनयुक्त राज्य निर्माणकालागि संगठित हुन सकेमा देशलाई सहि बाटोतर्फ फर्काउन कत्तिपनि समय नलाग्ने वक्ता निरौलाले बताउनु भयो । वहाँले आफु देश विदेशमा रहेका हजारौ नेपालीलाई विधिको शासनका लागि संगठित गर्ने अभियानमा लागेको समेत बताउनु भयो ।

DSC03875

कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक रमेश मैनालीले देश बनाउने सर्तमा कुनै धर्म, सम्प्रदाय भन्दा माथि उठेर सबै नेपाली एकजुट हुन आव्हान गर्नुभयो ।

DSC03868

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रम संयोजक तथा प्राईड नेपालका अध्यक्ष कृष्ण श्रेष्ठले सबै उपस्थित मानुभावहरुलाई धन्यवाद दिदै, यो अभियानलाई कुनै व्याक्तिगत, राजनितिक, धार्मिक स्वार्थ नराखी संगठितरुपमा अघि बढाउन सबैलाई आहान गर्नु भयो र यस कार्यमा आफ्नो संस्थाले सक्दो सहयोग गर्ने बताउनु भयो । यो अभियानलाई सफल बनाउन प्राईड नेपालले नियमितरुपमा अरु कार्यक्रमहरुकोपनि आयोजना गर्ने वहाँले बताउनु भयो । कार्यक्रममा अमेरिकन हैल्पिङ्ग समाजका केदार तिमिल्सिना, हरन्डन समाजका टेक घले, आलिंगटवाट अर्जुन दाहाल, प्राईड नेपाल यू एसका कोषाध्यक्ष टिका कार्की, उज्वल कार्की साथै विभिन्न पेशा र संगठनका करिब ४० नेपालीको सहभागिता रहेको थियो । ईनेप्लीजन्युज र डिसिनेपालले कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेका थिए ।

DSC03870

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...