Wednesday, August 24, 2016

रेखा फाउन्डेशन लगायत बिभिन्न संघ संस्थाबाट पानी अभियानलाई शुभकामना

rekha 4
बिदेशिएको युवाको सोचले चलेको पानी अभियानको ”  हरेक घरमा धारो होस् हरेक गाउमा सिचाइ होस् ” नारा सफल पार्न बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना व्यक्त गरेका छन् ।
गोरक्ष पत्रिका दाङको सम्पादकीयमा नै पानी अभियानलाई शुभकामना दिईएको  छ । त्यसै गरी रापती समाज काठमान्डौका अध्यक्ष श्री शशी शर्मा मजगैयाले प्रेस जारी गर्दै पानी अभियानलाई साथ दिन हरेक वर्ग र समुदायलाई हार्दिक अनुरोध गरेका छन् । गैर आवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष डा श्री बोध राज सुवेदीले पनि पानी अभियानलाई साथ दिन हरेक समुदायलाई आग्रह गरेका छन् । डा बोध राज सुबेदीको प्रेस रिलिजमा भनिएको छ । “एन आर एन पोल्यान्डका बरिष्ठ उपाध्यक्ष   मित्रलाल पार्देको पहलमा हरेक घरमा धारो होस हरेक गाउमा सिचाइ होस मुल उद्देश्यमा आधारित भएर  शुरुवात गरिएको पानी अभियान अब हाम्रो साझा मुद्दा भएको छ ।  दाङको लक्ष्मीपुर ७ र ८ नं.वडामा पानीको हाहाकार भएको समस्यालाई समाधान गर्न र ग्रामीण उद्यमशीलतालाई माथी उठाउन “घर घरमा धारा, गाउँ गाउँमा सिंचाई” भन्ने मुल नाराका साथ  करोडको पानी अभियान शुरु गरेको खबर सुन्दा हामिलाई खुशी लागेको छ ।  अहिले यो  अभियान सबैको साझा बनेको छ र देश विदेशबाट सहकार्यका हातहरु अगाडी बढेका छन् । यसर्थ सो अभियानलाई सार्थक बनाउन यहाँको प्रत्यक्ष परोक्ष साथ र सहभागिताको हार्दिक अपेक्षा सहित यो अभियान नेपालको हरेक गाउमा पुगोस यहि हाम्रो शुभकामना । “
sashi
 त्यसै गरी  हरेक दिन पानी अभियानको  बारेमा बिभिन्न सोसल मिडिया हरुबाट जानकारी पाएपछि रेखा फाउन्डेशन्को  तर्फबाट नेपाली नायिका रेखा थापाले पनि चासो व्यक्त गर्दै शुभकामना दिदै टुइटरमा “आहा कति राम्रो मन भएका सामाजिक मान्छे हरु भन्दै  टुइट गरेकी छिन् । रेखा फाउन्डेशन को  पेजमा लेखिएको छ .”आँहा कति राम्रो काम ! हाम्रै वरिपरी कति राम्रा मान्छेहरु, समाजिक मन भएका मान्छेहरु ! लक्ष्मीपुर गा.वि.स सुनपुर दाङ्गमा पानीको काकाकुल समस्याको खवर सुन्दै आएको थिए । समस्या भए त के भयो, सबै लागि पर्नु भएको छ समस्या समाधानको लागि ।
rekha 2
मित्रलाल पार्धे लगायत ठुला हृदयका साथीहरु जो सुनपुर अभियान सुरु गर्नु भयो । उहाँहरुले पानी समस्या बारे समाजिक सन्जालमा जानकारी गराई राख्नु भएको थियो । के हो त वास्तविकता भनेर रेखा थापा फाउन्डेशनको प्रतिनिधिलाई दाङ्गको सुनपुर बुझ्न पठाउने निधो गर्यौ । फाउन्डेशन प्रतिनिधि गिर रोदन र तितो सत्यका पुराना कलाकार मुनाल घिमिरे सुनपुरको अवस्था नि बुझ्ने र मिले सम्म डकुमेन्ट्री तयार पनि पार्ने भनेर वसन्त जोशी र इन्जिनियर सुशील रसाइली सँग जानु भयो ।
advisor-dr-bodh-raj-subedi
त्यहाँ एक गाग्री पानी भर्न पनि निकै कठिन छ । धाराहरु सुकेका छन । पानीको सानो जरुवा, त्यो पनि एकै छिनमा सुक्छ । २ घन्टा लगाएर एक गाग्री पानी लिन टाढा जानू पर्छ । गाई गोरुको लागि ५ किलोमिटर टाढा सिस्ने खोला जानु पर्छ ।
14018042_1299059500112456_1857590044_n
यी सबै समस्याको समाधान गर्न, आफ्नो गोजीको पैसा काटेर एक छाक कम गरेर भए नि धेरै देश विदेशका युवाहरु लागि पर्नु भएको छ । यस्ता परिवर्तनका संवाहक युवाहरुलाई शुभकामना न देई रहन सकिँदैन ।
धेरै शुभकामना !!!
तपाईहरु पनि १ करोड पानी अभियानमा सहभागी हुन चाहनु हुन्छ भने । आफ्नो गच्छे अनुसारको सहयोग गर्न सक्नु हुन्छ ।
नेपाल बैंक लिमिटेड दाङ घोराही शाखा
सुनपुर खानेपानी तथा सरसफाई उपोभक्ता समिती
चल्ति खाता नं 02700106204173000001
SWIFT CODE “NEBLNPKA “

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...