अमेरिकामा निर्मित नेपाली कथानक चलचित्र तिमीविनाको पलपलको टाइटल गीत युट्युव मार्फत सार्वजनिक भएको छ । धरती फिल्मस्को व्यानरमा निर्मित यो चलचित्रको टाइटल गीतमा नायकहरु प्रकाश मैनाली, दीपक गजमेर र नायिका मीना खरेल फिचरिङ छन् ।
तिमी विनाको पलपल ढलपल पानी झैं लाग्छ, कति प्रिय भयौ जीवनमा आंखाको नानी झै लाग्छ वोलको सो गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।
चलचित्रका लेखक तथा निर्देशक किशोर सापकोटाले लेख्नुभएको यो गीतको संगीत चर्चित गायक राज सिग्देलको हो भने आवाज राज सिग्देल र सुस्मिता ढुंगानाको रहेको छ । सुस्मिता यसैवर्ष मात्रै भक्तपुरको फुलव्राइट स्कुलवाट एसएलसी पास गरेकी राम्रो संभावना वोकेकी गायिका हुन् । सुरेन्द्रमान सिंहले लुइभेल शहरको नजिक ओहायो नदीको वरपर खिच्नुभएको र दीपक गजमेरले कोरियोग्राफी गर्नुभएको यो गीत हेर्दा आकर्षक र सुन्न कर्णप्रिय छ ।
सन्त मगर प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्माता रमेश दाहाल र केशव सापकोटा रहनु भएको छ भने दीपक रिजाल कार्यकारी निर्माता हुनुहुन्छ । यो चलचित्रमा अभिनय गर्ने अधिकांस कलाकारहरुमा अमेरिकामा पुनर्वास भएका नेपाली मुलका भूटानीहरु रहेका छन् । चलचित्रमा प्रकाश मैनाली, दीपक गजमेर, मीना खरेल, सन्दीप राइ, सुवास सापकोटा, ढाका आचार्य, तीला खरेल, चन्द्रा मैनाली, चन्दा खरेल लगायतको अभिनय रहेको छ । चलचित्रमा वाल कलाकार धरती सापकोटा रहेकी छिन् ।
आगामी सेप्टेम्वर ५ मा लुइभेलमा प्रिमियर सो भएपछि यो चलचित्र पहिलो चरणमा अमेरिकाका विभिन्न शहरहरुमा र दोश्रो चरणमा क्यानाडा, नर्वे, फ्रान्स, दुवइ र मलेसियामा प्रदर्शन हुने निर्देशक सापकोटाले जानकारी दिनुभयो । चलचित्रको फष्ट लुक, अन्य गीतहरु र टीजर अर्को हप्ता सार्वजनिक गरिने धरती फिल्मस्ले जनाएको छ ।
चलचित्र यो लिंकमा हेर्न सकिन्छ ।
No comments:
Post a Comment