Monday, August 22, 2016

अमेरिकामा पौडेल अध्यक्षमा बिजयी

image1

शिकागो ,अगष्ट २२
अमेरिकाको सुन्दर शहर शिकागोमा नेपालीहरुको साझा संस्था शिकागोल्याण्ड फ़्रेण्डशिप सोसाइटी(CNFS) को आज सम्पन्न कार्य समितिको निर्वाचनमा शिकागोका चर्चित समाजसेवी टेकराज पौडेल बिजयी भएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी चन्नु प्रसाद भट्टराईलाई उल्लेख्य मतान्तरले उछिन्दै श्री पौडेल बिजय भएपछि छोटो प्रतिकृया दिदै नेपाली समुदायको हक़ हित र संस्कृति संरक्षणका साथै खेलकूद र रोज़गार अभिमुखिकरण आदि क्षेत्रमा उल्लेख्य जोड़ दिने र निकट भविष्यमै संस्थाको आफ्नै स्वामित्वको भवन तर्फ पहलकदमी गरिने उनले बताए ।

शिकागो क्षेत्रमा यस संस्थाले पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषाको कक्षा संचालन, खेलकूद , नयाँ बर्ष,तीज तथा दशैँ शुभकामनाका साथै नेपालमा भैपरि आएका प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आएको छ ।

आगामी दुई बर्षका लागि निर्वाचित १५ सदस्यीय सो समितिमा प्रथम उपाध्यक्ष पदमा गणेश थापा, द्वितीय उपाध्यक्षमा ईश्वरी पाठकले झिनो मतको अन्तरले चर्चित युवा बाबुराम सापकोटालाई पराजित गरेका छन् । तृतीय उपाध्यक्षमा बिक्रम थापा , महासचिवमा कृष्ण बर्तौला र कोषाध्यक्षमा मुकेश चौधरी र सदस्यहरुमा डा. अमित खनाल, डा. राजेन्द्र पंगेनी, मेदिनी संग्रौला, सुमन पाठक र कलाकार मिन दर्लामी निर्वाचित भएका छन् ।

स्मरण रहोस, सो कार्य समितिको निर्वाचनमा नेपालीहरुले बडो उत्साहका साथ मतदान गरेका थिए साथै मतदान प्रकृया बडो बैज्ञानिक र सरल बनाईएको थियो । मतदानको तरीक़ा हेर्दा ठूलो आम निर्वाचन जस्तो अनुभूति हुन्थ्यो । पौडेल नेपाली समुदायमा एक निष्पक्ष, सहयोगी र सबै पक्षसंग घुलमिल गर्न सक्ने अगुवाको रुपमा परिचित छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...