आगामी अगस्त २७ र २८ गते एनआरएन को नवौ क्षेत्रीय सम्मेलनको अवसर पारेर गल्फ प्रतियोगिता हुने भएको छ l गल्फ प्रतियोगिता अगस्त २६ तारिखमा हुने र यो समेत लगाएर चौथो एनआरएनए गल्फ प्रतियोगिता भएको जानकारी केमिका भण्डारीले दिएकी छिन l
कार्यक्रम ९:३० देखि १०:३० सम्म आगमन तथा खाजाको व्यवस्था गरिने छ भने पहिलो चिया समय ११ बजे तय गरिएको छ l सहभागी मध्येमा प्रथम र द्वितीय हुनेलाई पुरस्कारको व्यवस्था समेत गरिने छ भने सहभागी सुल्क ७० डलर राखिएको जानकारी एनआरएन का नारायण गुरुङले बताएका छन् l
उक्त गल्फ प्रतियोगितामा सहभागी हुन् ईक्षा राख्ने खेलाडीले चोङ्ग्बा शेर्पा, लाक्पा शेर्पा ,केमिका भण्डारी तथा नारायण गुरुङलाई सम्पर्क गर्न अनुरोध गरिएको छ l
No comments:
Post a Comment